२१ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छ : मुख्यमन्त्री चौधरी

फाइल तस्बिर

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरुसँगसँगै हिँड्ने, उहाँहरुका माग सम्बोधन गरेर हिँड्न चाहेको बताए।

त्यस्तै उनले सहमति र सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिनेसमेत विचार व्यक्त गरे। ‘प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था छ’, उनले भने, ‘यस्तो अवस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो।’

साथै उनले सभामा मर्यादित भाषामा बोल्न सुझाव दिए। मुख्यमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले पनि छलफलमा भाग लिएको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ।

 

 

प्रकाशित: २० असार २०८० ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App