३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप लिग-२ अन्तर्गत दोस्रो सिरिजको पहिलो खेलमा नेपालले क्यानडासँग खेल्ने

नेपाल, ओमान र क्यानडाबीच हुने आईसीसी विश्वकप लिग २ को खेल तालिका सार्वजनिक भएको छ।  

आईसीसीले यही भदौं ३१ (सेप्टेम्बर १६) देखि सुरु हुने गरी नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेल तालिका सार्वजनिक गरेको हो ।  

सार्वजनिक खेल तालिका अनुसार, भदौं ३१ गते नेपालले क्यानडासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । असोज २ गते नेपालले ओमानसँग, असोज ६ गते पुनः क्यानडासँग र असोज ८ गते ओमानसँग खेल्नेछ । सबै खेल राति पौने ८ बजे क्यानडाको ओन्टेरियोमा हुनेछ ।  

क्यानडा भ्रमणका क्रममा नेपालले लिग २ का खेलपछि त्रिदेशीय टी २० क्रिकेट सिरिजमा प्रतिस्पर्धा गर्नेछ । सिरिज अन्तर्गत नेपालले क्यानडासँग असोज १२ र १५ गते तथा ओमानसँग असोज १३ र १६ गते प्रतिस्पर्धा गर्नेछ । सबै खेल ओन्टेरियोमा राति पौने १० बजे सुरु हुनेछ ।  

नेपालले लिग २ को आफ्नो पहिलो सिरिज घरेलु मैदानमा खेलेको थियो । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र निकालेको थियो । बाँकी तीन खेलमा पराजय भएको थियो । तेस्रो सिरिज नेपालले आगामी अक्टोबरमा अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ । उक्त सिरिज अमेरिकामा हुनेछ । 

प्रकाशित: १९ भाद्र २०८१ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App