३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

गैंडाको आक्रमणबाट नेचर गाईडको मृत्यु

फाइल तस्बिर

गैंडाको आक्रमणबाट नेचर गाईडको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुन्ज नजिकको मध्यवर्ती स्थित डल्ला गाउँको शिव सामुदायिक वनमा गैंडाकोे आक्रमणबाट शुक्रबार बिहान ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो । उक्त वन डिभिजन वन कार्यालय अन्तर्गत पर्दछ ।

लामो समयदेखि डल्लास्थित शिव सामुदायिक वनमा ७ वटा रैथाने गैंडा छन् । बर्दिया निकुन्ज घुम्न आउँने पर्यटकलाई सहज तरिकाले गैंडा देखाउँन शिव सामुदायिक वनले नेचर गाईडको प्रयोग गर्दे आएको छ ।  

अमेरिकन पर्यटक मेक लोन्डनलाई लिएर गैडा अवलोकन गर्न पुगेका अवस्थामा गैंडाले पर्यटकलाई आक्रमण गर्न खोजेपछि बचाऊमा उत्रिएका चौधरीको घटनास्थलमै ज्यान गएको निकुन्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लले जानकारी दिए ।    

प्रकाशित: २१ भाद्र २०८१ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App