२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोसीमा १६ गते साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकाे आह्वान

क्याप्शन

कोसी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।  

संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्। उनले साउन १६ गते अपराह्न ५ बजेभित्रको समयसीमा दिएर प्रदेश प्रमुख खापुङले नयाँ गठनको लागि आह्वान गरेका छन्।  

संविधानको धारा १६८ (२) बमोजिम कोसी प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दूई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोसी प्रदेश सभा सदस्यलाई काेसी  प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्ने प्रायोजनको लागि साउन १६ गते अपरान्हश ५ बजेभित्र आफ्नो दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेकाे पत्रमा भनिएकाे छ। 

सर्वोच्च अदालतले यसअघि कोसी प्रदेशमा गठन गरिएको सरकार संविधानविपरीत भएको ठहर गर्दै यही साउन १७ गतेभित्र बहुमतका आधारमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन बिहीबार परमादेश जारी गरेको थियाे।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले एक साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो। सर्वोच्चले सभामुखसमेतको समर्थनमा कोसी प्रदेशमा गठन भएको सरकार संविधानविपरीत भएको ठहर गर्दै मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ।

प्रकाशित: १२ श्रावण २०८० ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App