२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

विराटनगरमा मतगणना हुँदै

विराटनगर महानगरपालिकाको मतगणना भइरहेको छ। पहिलो चरणमा १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सुरू गरिएको छ।

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी छ। कपिलवस्तु, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मतगणना जारी छ।

सुदूरपश्चिमका विभिन्न पालिकामा मतगणना शुरु

सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकामा मतगणना सुरु भएको छ। केही पालिकामा रातिदेखि शुरु भएको हो भने केही पालिकामा बिहानदेखि मतगणना सुरु गरिएको छ।

काठमाडौँ महानगरपालिकाः मतगणनाको तयारी अन्तिम चरणमा

शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो।

काभ्रेमा केही पालिकामा मतगणना सुरु

शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ। अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिकासहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ।

दाङका गाउँपालिकाहरूमा मतगणना जारी

दाङका १० मध्ये केही स्थानीय तहको मतगणना अहिले भैरहेको छ। अहिले गाउँपालिकाहरूको मात्रै मतगणना भैरहेको छ।

ताप्लेजुङमा मतगणना सुरु

स्थानीय तहको निर्वाचन अन्तर्गत ताप्लेजुङका दुई पालिकामा सुरु भएको मतगणनाको प्रारम्भिक नतीजामा गठबन्धन र एमालेले १–१ स्थानमा सुरुआती अग्रता लिएका छन्।

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ।

मोरङमा मतगणना सुरु: कानेपोखरीमा एमालेको अग्रता

मोरङमा मत गणना सुरु भएको छ। मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता लिएको छ। प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ।

चितवनका सात पालिकामा मतगणनास्थल सुरक्षित बनाइयो

चितवनका सात वटै पालिका तहमा मतगणनास्थललाई सुरक्षित बनाइएको छ। मतगणनास्थलमा फलामको बारसहित जाली, सिसी क्यामेरा जडान लगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिए।

मतगणना स्थलमा चार्जेबल बत्तिदेखि मतपेटिका जोगाउन प्लाष्टिकको योजना

स्थानीय तहको निर्वाचन मिति नजिकिदैं गर्दा निर्वाचनदेखि मतगणनासम्मको कार्य व्यवस्थित सम्पन्न गर्न अनेकन योजना बुन्न थालिएको छ।

कांग्रेसमा नौ महिला केन्द्रीय सदस्य निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महिला खुला समूहको मतगणना सकिएको छ। नौ पदका लागि भएको निर्वाचनमा अधिकांश सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार निर्वाचित भएका छन्।

कांग्रेस महाधिवेशन: १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्