१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसमा नौ महिला केन्द्रीय सदस्य निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महिला खुला समूहको मतगणना सकिएको छ। नौ पदका लागि भएको निर्वाचनमा अधिकांश सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार निर्वाचित भएका छन्। 

सोमबार भएको मतगणनाको अन्तिम परिणामअनुसार डिला संग्रौला (२८८५), पुष्पा भुसाल (२७१८), आरजु राणा देउवा (२५३६), अम्बिका बस्नेत (२३३९), ईश्वरी न्यौपानेले (२२५९) निर्वाचित भएका छन्। यस्तै सरिता प्रसाईं (२०९६), रमा कोइराला (१८५८), सुशीला ढकाल (१८०४) र रंगमती शाहीले (१७८९) पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। शाही, ढकाल,पौडेल, राणा पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

अल्पसंख्यकतर्फ प्रदीपकुमार सुनुवार निर्वाचित भएकी छन्। आइतबार ३५ सदस्यीय खुला केन्द्रीय सदस्यको मतगणना सकेको कांग्रेस निर्वाचन समितिले सोमबार रातिसम्म प्रदेश १, वाग्मतीका साथै मधेसीतर्फको मतगणना सक्ने तयारी गरेको छ। अपांगतातर्फ मदनकुमार श्रेष्ठ (१६४०) निर्वाचित भएका छन्।

प्रकाशित: ६ पुस २०७८ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App