१३ असार २०८१ बिहीबार
image/svg+xml

मतपेटिका संकलन र भण्डारणबारे छलफल

शनिबार भइरहेको इलाम क्षेत्र २ को उपनिर्वाचनमा मतदान, मतपेटिका संकलन र भण्डारण गर्ने प्रक्रियाबारे विभिन्न निर्णय गरिएको छ।

चितवन २ मा उपनिर्वाचनको तयारी पुरा, मतगणना स्थलमा सिसी क्यामरासहित तारजाली जडान

वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी पुरा भएको छ। निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री सहित मतदान केन्द्र तयार भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु

गोरखा–१ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका-६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ।

उत्तरी ताप्लेजुङका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउन आयोग समक्ष सिफारिस

ताप्लेजुङको उत्तरी क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने व्यवस्थाका लागि जिल्ला निर्वाचन व्यवस्थापन समितिले निर्वाचन आयोगमा सिफारिस गरेको छ।

हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर

हिमाली जिल्लामा मतपत्र खसालिएका मतका बाकस सदरमुकाममा ल्याएर मात्रै गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उत्तरी गोरखाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

उनले भने ‘त्यहाँबाट बोकाएर ल्याउन पाँच/छ दिन लाग्छ, मत गणनापनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने ब्यवस्था गरिदिन भनेका हौँ।’

डलेल्धुरामा मतपेटिका बोकेको गाडी लक्षित गरी बम विस्फोट

डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ।  आज बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको परर्शुराम नगरपालिका १२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिन्धुलीमा मतपेटिका बोकेको गाडीमा बम विस्फोट

हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ।  आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो।

मतपेटिका सुरक्षामा कार्यकर्ताको पनि ड्युटी

पहिलो चरणमा भएको निर्वाचनका मतपेटिकाको सुरक्षाका लागि दलका कार्यकर्ता पनि खटिएका छन् । पहिलो चरणमा भएको निर्वाचनको मतगणना मंसिर २१ मा दोस्रो चरणको मतदान सकिएपछि हुनेकार्यक्रम छ । मतपेटिका जिल्ला सदरमुकाममा संकलन गरी राखिएको छ । तिनै मतपेटिकाको सुरक्षाका लागि भन्दै कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले तोकेका नेताकार्यकर्ता सुरक्षाका लागि खटिने गरेका छन् ।

मतपेटिकामा एसिड हानिएको मतदान केन्द्रमा शुक्रबार चुनाव हुने

मतपेटिकामा एसिड हानेपछि स्थगित भएको रुकुम पश्चिमको बाँफिकोट र आठविषकोटको निर्वाचन मंसिर १५ गते हुने भएको छ। स्थगित भएपछि पुनः हुन लागेको प्रतिनिधि र प्रदेश सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटाएको छ। गत्तासैना मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरको नेतृत्वमा र काँडामा मतदान केन्द्रमा सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले नेतृत्वमा टोली खटाइएको हो।

सबै मतपेटिका सदरमुकाममा संकलन

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका आज सम्बन्धित जिल्लाको सदरमुकाममा पुर्‌याइएकाे छ ।

मतपेटिका जाेगाउन चिसाेले सकस

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ । तर, ती मतपेटिकालाई पहरा दिएर सुरक्षित राख्न सुरक्षाकर्मी र दलका कार्यकर्तालाई कठ्याङ्गिँं्रदो चिसो चुनौती बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्