१६ असार २०८१ आइतबार
image/svg+xml

७१ स्थलका मतपेटिका अझै पुगेनन् सदरमुकाम

निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनअन्तर्गत अझै ६ जिल्लाका केही मतदान स्थलका मतपेटिका सदरमुकाम आइनपुगेको जनाएको छ।

मतपेटिका सुरक्षार्थ सिसिटिभी जडान

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिकाको सुरक्षार्थ रसुवामा सिसिटिभी जडान गरिएको छ। लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आयोगको सहमतिमा सिसिटिभी जडान गरिएको हो।

तीन सुरक्षा घेराभित्र मतपेटिका

ओखलढुंगामा तीन वटा सुरक्षा घेराभित्र मतपेटिकालाई सिलबन्दी गरेर राखिएको छ । जिल्लाका ८७ मतदानस्थलका एक सय ४१ बुथबाट संकलन गरिएका मतपेटिका दलका प्रतिनिधि र उम्मेद्वारको रोहवरमा जिल्ला समन्वय समितिमा सुरक्षाकर्मीको तीन घेरामा राखिएको हो ।

तीन दिन लगाएर मतपेटिका खलंगा

आइतबार मतदान सकिएको जाजरकोटमा तीन दिन पछि सवै मतपेटिकाहरु सदरमुकाममा पुगेका छन्। भौगोलिक विकटता र सडक सन्जालको अभाव भएका कारण जिल्लाका एक सय १६ मतदान केन्द्रवाट सवै मत पेटिकाहरु मंगलवार साँझ सदरमुकाम खलंगा पुगेका हुन्।

थवाङका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम (भिडियो)

सुरक्षाका दृष्टिले अति सम्बेदनशील जिल्लाका रुपमा हेरिएको रोल्पामा मतदान र मतपेटिका ढुवानी सहज रुपमा सकाइएको छ। टाढा र सुरक्षा चुनौती देखिएका थवाङ र गामका मतपेटिका भने हेलिकप्टरबाट ल्याइएको छ। अन्य मतपेटिकाहरु पनि ठुलो सुरक्षा घेरा भित्र राखेर सदरमुकाम झारिएको छ।

५३७ वटै मतपेटिका सदरमुकाम ल्याइयो

खोटाङका सबै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपु¥याएको छ । जिल्लाका दुई नगरपालिका, आठ गाउँपालिकाका ७९ वडामा सञ्चालन गरिएका १३६ मतदानस्थलका १७९ मतदान केन्द्रका सबै मतपेटिका सदरमुकाम ल्याइपु¥याएको हो ।

आजसम्ममा सबै मतपेटिका सदरमुकाम पुर्‍याइने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो चरणमा आइतबार चुनाव सकिएका ३२ जिल्लाका मतपेटिका सदरमुकाम ल्याइँदैछ । भौगोलिक विकटताका कारण सबै मतपेटिका मंगलबारसम्म मात्र केन्द्रमा ल्याइने निर्वाचन आयोगले जनाएको छ ।

मतपेटिकालाई तीन घेराको सुरक्षा (फोटो फिचर)

जनमतले भरिएका मतपेटिकालाई तीन घेराको सुरक्षा दिइएको छ। मतपेटिका राखिएको भवनलाई निषेधित क्षेत्र घोषणा गर्दै तीन घेरामा रहेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेका हुन्।

जाजरकोटमा २५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे

आइतबार मतदान सकिएको जाजरकोटमा अहिले सम्म २५ वटा मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाममा पुगेका छन्। भौगोलिक विकटता र सडक पहुँच नभएका कारण अन्य मतदान केन्द्रका मतपेटिकाहरु आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए।

दुर्गमका मतपेटिका हेलिकाेप्टरबाट ल्याइयाे (फाेटाे फिचर)

सडक सञ्जाल नजोडिएका दुर्गम क्षेत्रका मतपेटिका हेलिकाेप्टरमा राखेर सदरमुकाम ल्याइएको छ । मतदान सकिएपछि रातभर केन्द्रमै सुरक्षित गरिएको उत्तरी धादिङको मतपेटिका सोमबार बिहान हेलिकाेप्टर मार्फत सदरमुकाम धादिङबेसी झारिएको हो ।

डोल्पाका २० केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ओसारिँदै

उत्तरी सीमा तिब्बतसँग जोडिएका उपल्लो डोल्पाका २० मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टरमार्फत सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको छ।

लाङटाङका मतपेटिका हेलिकप्टरबाट धुन्चे

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका मतपेटिका हेलिकप्टर मार्फतसदरमुकाम धुन्चे ल्याइएको छ। सदरमुकामबाट करिब दुई दिनको पैदल यात्रापछि पुग्न सकिने लाङटाङबाट आज बिहान साढे ८ बजे मतपेटिका सदरमुकाम ल्याइएको हो।

मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम प्रहार

चौरजहारीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा ल्याउँदै गरेको मतपेटिका बोकेका कर्मचारीहरुलाई लक्षित बम विस्फोट भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ६ घर्तीकाँडामा बम विस्फोट भएको हो ।

दुर्गमका मतपेटिका हेलिकोप्टरबाट अाेसारिँदै

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पहिलो चरण अन्तर्गत ताप्लेजुङमा भएको मतदानको मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी छ। दुर्गम ग्याब्ला र याङ्मा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ।

रात दुई बजे आइपुग्यो मतपेटिका

खोटाङका दुई नगरपालिकाका मतपेटिका रातको दुई बजेसम्ममा सदरमुकाम ल्याइएको छ । मतदान सम्पन्न भएपछि मतपेटिका लिएर सदरमुकाम फर्किएका हलेसी तुवाचुङ नगरपालिका र रुपाकोट मझुवागढी नगरपालिकाका मतदान अधिकृत लगायतका कर्मचारी र सुरक्षाकर्मी राति दुई बजेसम्ममा मुख्या निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्