१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

दुर्गमका मतपेटिका हेलिकोप्टरबाट अाेसारिँदै

ताप्लेजुङ— प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पहिलो चरण अन्तर्गत ताप्लेजुङमा भएको मतदानको मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी छ। दुर्गम ग्याब्ला र याङ्मा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ। 

जिल्लाका कूल १९४ मत हेलिकोप्टरबाट ल्याउनुपर्ने अवस्था रहेको ताप्लेजुङका प्रमुख निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारीले दिए। २५ मत रहेको ग्याब्ला र १६ मत रहेको याङ्माबाट आज बिहानै मतपेटिका सदरमुकाम ल्याइसकिएको उनले बताए। हेलिकोप्टरबाट ल्याउनु पर्ने अझै १५३ मत बाँकी छन्। 

पहिलो चरण अन्तर्गत ताप्लेजुङमा हिजो आइतबार मतदान भएको थियो। ११४ मतदान केन्द्र रहेको जिल्लामा ३२ वटा केन्द्रबाट मतपेटिका सदरमुकाम आइसकेका छन्। अरु आउने क्रममा रहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ। साँझसम्म सबै मतपेटिका सदरमुकाम आइसक्ने प्रमुख निर्वाचन अधिकृत कार्कीले बताए।

 

प्रकाशित: ११ मंसिर २०७४ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App