१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

तीन सुरक्षा घेराभित्र मतपेटिका

खोटाङ – ओखलढुंगामा तीन वटा सुरक्षा घेराभित्र मतपेटिकालाई सिलबन्दी गरेर राखिएको छ । जिल्लाका ८७ मतदानस्थलका एक सय ४१ बुथबाट संकलन गरिएका मतपेटिका दलका प्रतिनिधि र उम्मेद्वारको रोहवरमा जिल्ला समन्वय समितिमा सुरक्षाकर्मीको तीन घेरामा राखिएको हो ।

जिल्ला समन्वय समितिको प्रवेशद्धारको पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना राखेर मतपेटिकाको सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तीर्थराज भट्टराईले बताए ।

मतपेटिकाको सुरक्षाका लागि जिल्ला समन्वय समितिको ताल्चा लगाइएको ढोकालाई मुचुल्का टाँसेर सिलबन्दी गरिएको छ । विश्वसनीयताका लागि सुरक्षाघेरा बाहिरसम्म दलका प्रतिनिधिलाई पनि परिचयपत्रका आधारमा बस्ने व्यवस्था मिलाइएको जनाइएको छ । १ लाख २ हजार २५० मतदाता रहेको ओखलढुंगामा करिब ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सोमबार राती साढे ११ बजेसम्ममा सदरमुकाममा मत पेटिका आइपुगेको हो ।

प्रकाशित: १२ मंसिर २०७४ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App