२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली र देउवाबीच समझदारी भएपछि मेयर बालेन लेख्नछन्ः यो समय गिरिबन्धु चियाको हो

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ गठबन्धन गर्ने सहमति भएपछि टीप्पणी गरेका छन्।

आफ्नो फेसबुक पेजमा उनले ओली र देउवाको चिया खादै गरेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले।’

वर्तमान गठबन्धनसँग बिच्किएका एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच एमाले नेतृत्त्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति भएको छ। जसमा ओलीलाई २ वर्ष प्रधानमन्त्री बनाउने र देउवालाई बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बनाउने सहमति भएको हो।

प्रकाशित: १८ असार २०८१ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App