१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

लाङटाङका मतपेटिका हेलिकप्टरबाट धुन्चे

मतपेटिका लिएर सदरमुकाम धु्न्चे फर्किंदै गरेको हेलिकोप्टर। तस्विरः हिमानाथ

रसुवा— रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका मतपेटिका हेलिकप्टर मार्फतसदरमुकाम धुन्चे ल्याइएको छ। सदरमुकामबाट करिब दुई दिनको पैदल यात्रापछि पुग्न सकिने लाङटाङबाट आज बिहान साढे ८ बजे मतपेटिका सदरमुकाम ल्याइएको हो।

४५ ओटा मतदान केन्द्र रहेको रसुवामा ४४ ओटा मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका सङ्कलन गरेर सदरमुकाम ल्याइएको थियो।

नजिक रहेको मतदान केन्द्रबाट मतदान सकिए लगत्तै मुचुल्का गरेर मतपेटिका ल्याइएको भए पनि सडक नपुगेको क्षेत्रबाट भने ढिलो गरी मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यार्सा, हाकु, नेसिङ लगायतको क्षेत्रबाट करिब तीन घण्टा पैदलयात्रापछि मतपेटिका गाडी भएको ठाउँमा पु¥याइएको थियो। गाडीमा राखेपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको स्कटिङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइएको हो।

कार्यालयमा आइपुगेका सबै मतपेटिका बुझि सकिएको र सिल लगाएर राखिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए।

तस्विरमा हेर्नुहोस् :

मतपेटिका लिएर सदरमुकाम धु्न्चे फर्किंदै गरेको हेलिकोप्टर। तस्विरः हिमानाथ
मतपेटिका लिएर सदरमुकाम धु्न्चे फर्किंदै गरेको हेलिकोप्टर। तस्विरः हिमानाथ
मतपेटिका लिएर सदरमुकाम धु्न्चे फर्किंदै गरेको हेलिकोप्टर। तस्विरः हिमानाथ
मतपेटिका लिएर सदरमुकाम धु्न्चे फर्किंदै गरेको हेलिकोप्टर। तस्विरः हिमानाथ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App