१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

डोल्पाका २० केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ओसारिँदै

विष्णुप्रसाद देबकोटा

डोल्पा–उत्तरी सीमा तिब्बतसँग जोडिएका उपल्लो डोल्पाका २० मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टरमार्फत सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको छ।

उपल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध र छार्का तांङसोङ्ग गाउँपालिकामा रहेका २२ मतदान स्थलका मतपेटिका मध्ये शे फोक्सुण्डो गाउँपालिका अन्तर्गतको फोक्सुण्डोमा रहेका दुई मतदानस्थलको मतपेटिका भने सोमवार बिहान सदरमुकाम दुनैमा ल्याइपुगेको मुख्य निर्वाचन अधिकृत रमेश ज्ञावलीले जानकारी दिए।

मध्य र तल्लो डोल्पाका ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका काइके गाउँपालिका, मुडकेचुला गाउँपालिका र जगदुला गाउँपालिका अन्तर्गतका ४४ मतदान केन्द्र र शे फोक्सुण्डो गाउँपालिकाका २ मतदान केन्द्र गरेर ४६ मतदान केन्द्रका १ सय ३८ मतपेटिकाहरु सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपल्लो डोल्पाका २० मतदान केन्द्रका ६० मतपेटिकाहरु भने मंगलवार बिहानबाट हेलिकोप्टरमार्फत ओसार्ने काम भइरहेको निर्वाचन अधिकृत ज्ञावलीले बताए। उनका अनुसार डोल्पामा ८१.३ प्रतिशत मत खसेको छ। 

डोल्पाको सबै भन्दा कम मतका साथै शतप्रतिसत मत शे फोक्सुण्डो गाउँपालिका अन्तरगतको फोत मतदान केन्द्रमा खसेको बताइएको छ। त्यहाँ २३ मतदाता थिए २३ मत नै खसेको छ। 

 

प्रकाशित: ११ मंसिर २०७४ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App