coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु

हेलिकप्टरमा गोरखा सदरमुकाममा झारिएका मतपेटिका गणनास्थल लैजाने तयारी गर्दै। तस्बिरः नरहरि सापकोटा/नागरिक

गोरखा–१ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

हेलिकप्टर बिहानै पठाउने तयारी भएपनि बाक्लो हुस्सुका कारण ढिला भएको प्रजिअ आचार्यले जानकारी दिए। दलका प्रतिनिधि र उम्मेदवारका प्रतिनिधिको रोहवरमा हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ। तीन पटकमा चुमनब्री गाउँपालिकाको २२ वटा केन्द्रका मतपेटिका ल्यानेछ।

 गोरखा नगरपालिका वडा नं ८ स्थित आहालेमा हेलिकप्टर अवतरण गरी त्यहाँबाट गाडीमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ढुवानी गराइएको छ। अन्य केन्द्र र गोरखा २ को सबै मत पेटिका भने सदरमुकाम आईसकेको प्रजिअ आचार्यले बताए।  

प्रकाशित: ५ मंसिर २०७९ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App