१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ। जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। निर्वाचन क्षेत्र नं १ र ३ को तुलनामा नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको क्षेत्र नं २ लाई भने बढी चासोका साथ हेरिएको छ।

‘उहिलेको चुनाव, अहिलेको चुनाव’

त्यतिखेरको चुनावमा उम्मेदवार र जनता कसैले पनि पैसा खर्च गर्दैनथ्ये । जितेपछि भोज खुवाउँथे, त्यो पनि सबैले मिलेर । भोट देऊ भनेर भोज खुवाउने चलन धेरै पछिमात्रै आएको हो । यतिखेरको चुनाव त पैसाको राजजस्तो भयो ।’

दुई चारवटा बम पड्कदैमा चुनाव रोकिन्न : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बम पड्काएर आतंकति गर्न खोजिंदैमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

सदाबहार चुनावी अजेण्डा : ‘बोगटान सडक’

शुक्रबार पहिलोपल्ट बहालवाला प्रधानमन्त्रीको रुपमा डोटीको बोगटान क्षेत्रमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बोगटान सडक’को नाम बिशेष ‘महत्व’का साथ लिए । उनले ‘बोगटान सडकलाई ट्रयाक जोडेर पीच गर्ने’ प्रतिबद्धता जनाए । साथै पूर्बमन्त्री सिद्धराज ओझाको नामबाट सो सडकको नामाकरण गर्ने पनि ‘प्रतिज्ञा’ गरे ।

एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा 'माओवादी केन्द्र'का अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका छन्।

चुनावी आश्वासनमै सीमित

पहिला असार १७ र त्यसपछि साउन २७ तिर आएको बाढीले सप्तरीको तिरहुत गाउँपालिका तहसनहस बनायो । बाढीपछि पाँच महिना बित्न लागिसक्यो तर पीडितको दिनचर्या अझै सामान्य हुनसकेको छैन। असार १७ को बाढीपछि प्रधानमन्त्री, गृहमन्त्रीसहितको उच्चस्तरीय टोलीले यस क्षेत्रको स्थलगत अनुगमन गर्दै बाढीपीडितको दैनिक जीवनसँग जोडिएका समस्या समाधानका लागि स्थानीय प्रशासनलाई तत्कालै काम थाल्न निर्देशन दिएको थियो । त्यसको केही साता नबित्दै अर्को भीषण बाढीले यस क्षेत्रलाई अस्तव्यस्त पारेको थियो।

‘चुनावपछि घोषणापत्रै बिर्सन्छन् नेता’

काठमाडौंको जैशीदेवलका सुरेन्द्रकुमार क्षेत्रीलाई चुनावका बेला नेताले बाँड्ने ठुल्ठूला आश्वासनको मतलब छैन । उनलाई आफ्नो टोलको जैशीदेवल मन्दिर चाँडै पुनर्निर्माण भइदिए हुन्थ्यो भन्ने चिन्ता छ । अरू आश्वासन बाँड्नुको साटो साढे दुई वर्षअघिको भूकम्पले भत्काएको मन्दिर पुनर्निर्माण गर्नेलाई भोट दिने सुरुमा छन् उनी।

चुनावी हिंसा

निर्वाचन लक्षित आक्रमणका कारबाही भइरहँदा पनि त्यसलाई सामान्य विरोधका रूपमा मात्रै लिए यसले कालान्तरमा डरलाग्दो स्वरूप पनि लिन सक्छ । चन्दा उठाउन र यस्तै ध्वंसात्मक गतिविधि सञ्चालनका निम्ति स्रोत जुटाउन पनि अहिले यस किसिमको गतिविधि भइरहेको हुन सक्छ । त्यसैले पनि सरकारले यस किसिमको गतिविधिप्रति आँखा चिम्लिन वा नजरअन्दाज गर्न मिल्दैन।

चुनावका मननीय पक्ष

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्नका लागि पहिलो चरणमा आयोजित प्रत्यक्ष तथा समानुपातिक निर्वाचन कार्यक्रम मंसिर १० मा सम्पन्न भएको छ । हिमाली र उच्च पहाडी ३२ जिल्लाका लागि तय गरिएको उक्त चुनावका लागि अनेकौँ प्रतिकूलता थिए । जसका कारण कतिपय स्थानमा निर्वाचन सम्पन्न हुन नसक्ने आशंका समेत गरिएको थियो । तर सुखद पक्ष के रह्यो भने भौगोलिक विकटता, मौसमी प्रतिकूलता तथा विस्फोटक पदार्थको आतंकका बाबजुद चुनाव शान्तिपूर्ण तवरले सम्पन्न भयो ।

चुनावमा जातीयता, पैसा र मदिराको प्रभाव

‘विकासका मुद्दा हरायो किनभने राजनीतिक दलको छवि नै स्वच्छ रहेन । त्यसैले अब अजेन्डाको कुरा हुँदैन, जातीयताको कुरा हुन्छ, सिद्धान्तको कुरा हुँदैन पैसा र भोजभतेरको कुरा हुन्छ ।’

चुनावी हिंसा बढ्यो : म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर

दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो । बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भए।

मतपेटिकामा एसिड हानिएको मतदान केन्द्रमा शुक्रबार चुनाव हुने

मतपेटिकामा एसिड हानेपछि स्थगित भएको रुकुम पश्चिमको बाँफिकोट र आठविषकोटको निर्वाचन मंसिर १५ गते हुने भएको छ। स्थगित भएपछि पुनः हुन लागेको प्रतिनिधि र प्रदेश सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटाएको छ। गत्तासैना मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरको नेतृत्वमा र काँडामा मतदान केन्द्रमा सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले नेतृत्वमा टोली खटाइएको हो।

उपेन्द्रको क्षेत्रमा चुनावी रोमाञ्च

प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीसँगै चर्चामा आएको सप्तरी २ को चुनावी वातावरण निकै रोमाञ्चक भएको छ । फोरम–राजपा गठबन्धनका साझा उम्मेदवार हुनुका साथै कांग्रेससमेतको समर्थनका कारण उपेन्द्रको जित सहज ठान्नेहरु पनि स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुर र वाम गठबन्धनका उम्मेदवार पूर्व सिँचाइमन्त्री उमेशकुमार यादवको चुनौतीलाई कमजोर मान्न सकिरहेका छैनन्।

चुनावपछि प्रचार सामग्री हटाउँदै उम्मेदवार बजगाई

गोरखा १ प्रदेश ‘ख’ का नेपाली कांग्रेसबाट लोकतान्त्रीक गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईले निर्वाचन सकिएको भोलिपल्ट (सोमवार) देखि आफ्नो निर्वाचन क्षेत्रमा प्रचार सामग्री हटाउन थालेका छन्। चुनाव प्रचार प्रसारका क्रममा टाँगिएका आफु सँग संम्बन्धित पर्चा, पम्पलेट, पोस्टर, टाँगिएका झण्डा, चुनाब चिन्ह जस्ता सामग्री उनले हटाउन थालेको बताए।

चुनाव सकिने दिन कुर्दै हल

राजधानीको सडकका भित्ता केही दिनयता भोजपुरी फिल्म ‘निरहुआ हिन्दुस्तानी’को पोष्टरले छोपेको छ । ती तिनै भित्ता हुन् जसमा केही दिनअघि एकैसाता रिलिज हुने नेपाली फिल्म वा बलिउड फिल्मका पोस्टरले छोपिएका हुन्थे । एकै सातामा तीनदेखि चारवटासम्म नेपाली फिल्म रिलिज हुँदा ती भित्ता, भित्ता कम, हल ज्यादा लाग्थे । तिनै ठाउँमा अहिले भोजपुरी कलाकारका अनुहारले राम्रै स्थान पाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्