२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राजपाको आन्दोलनले मतदाता अन्योलमा

मधेस केन्द्रित दल दुई धारमा छन्, एउटा धार चुनावमा सहभागी हुने क्रममा छ भने अर्को धार चुनाव छोडेर आन्दोलनमा छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक समेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष पहिलो चरणको चुनावमा सहभागी भएपछि मोर्चामा चिरा पर्यो ।

मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढी सक्रिय रहेका छन् ।

मतदाता शिक्षामा सधैं खेलाँची

राजनीतिक दलले चुनाव लक्षित गतिविधि यति बेला उत्कर्षमा पु¥याएका छन् । तर, मतदानका लागि अनिवार्य पाटो मानिने मतदाता शिक्षाबारे नाममात्रैको तयारी छ । दलहरूको कुरै छाडौं, निर्वाचन आयोगकै काम पनि देखावटीमात्रै छ ।

मतदाताको मन

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले निर्वाचनअघि रेस्टुरामा गएर मेनु हेरिसकेपछि अन्तिममा मःमः अर्डर गर्ने नेपाली बानी सांकेतिकरूपमा उल्लेख गरेका थिए। तर मतदाताले मेनु हेरेर मःमः भन्दा अन्य परिकार पनि अर्डर गर्न खोजेको भने प्रस्ट देखिएको छ।

राप्रपासँगको तालमेल मतदाताद्वारा अस्वीकार, उम्मेदवारबिनाको सूर्य चिन्हमा बढी मत

ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडामा भएको तलमेललाई मतदाताले बदर अस्वीकार गरेका छन्। एमालेले मेयरमा हरिकृष्ण ब्यञ्जनकार र उपमेयरमा राप्रपाका बाबुलाल प्रधानलाई मतदानगर्ने सहमति अनुसार ललितपुरको उपमेयरमा एमलेले उम्मेदवार उठाएको थिएन।

उत्साही मतदाता

स्थानीय तह निर्वाचनको पहिलो चरणमा करिब ५० लाख मतदाताले आफ्नो मताधिकार उत्साहपूर्वक प्रयोग गरेका छन् । प्रदेश नं. ३, ४ र ६ मा बिहान ७ देखि बेलुका ५ बजेसम्म भएको मतदानमा ७१ प्रतिशत मत खसेको छ ।  यो मतमार्फत व्यक्त सर्वसाधारणको उत्साहबाट लोकतन्त्रप्रतिको उत्कट अभिलाषासमेत प्रकट भएको छ । दुई दशकको प्रतीक्षापछि भएको यो निर्वाचनमा सर्वसाधारणले देखाएको उत्साहले लोकतन्त्र निकै चाँडो परिपक्व हुने संकेत पनि गरेको छ । जुन मुलुकका नागरिक आफ्नो अधिकार र कर्तव्यप्रति सजग हुन्छन्, तिनले लोकतन्त्रलाई पनि बलियो बनाएर लैजाने हैसियत राख्छन् । राजधानी काठमाडौंका मात्र होइन, दुर्गमभन्दा दुर्गम स्थानका मतदाताले समेत आफ्नो कर्तव्यबोध गरेको देखिएको छ । कतिपय मतदाता त दुईतीन दिन टाढाको आफ्नो गाउँबाट समेत मतदान केन्द्रमा एक दिनअघि नै पुगेका उदाहरण पनि छन् । वृद्ध, शारीरिक रूपमा अशक्त, सीमान्त सबैखाले नागरिकको उपस्थितिले लोकतन्त्रको एउटा उत्सवका रूपमा मतदानलाई लिएको देखिएको छ ।समृद्ध र लामो लोकतान्त्रिक अभ्यास भएका कतिपय मुलुकमा समेत मतदाता उदासीन देखिएको पाइन्छ । तर, हामीकहाँ भने मतदाताले जस्तोसुकै अवस्थामा पनि आफूलाई तत्पर राखेको देखिएको छ । जेठको महिना पहाडी जिल्लामा मकै गोडमेल गर्ने बेला हो । तर, त्यसलाई पर्वाह नगरी उनीहरू मतदान गर्न सक्रिय भएको देखिएको छ ।

ठूलो आकारको मतपत्रप्रति मतदाताको यस्तो छ प्रतिक्रिया

स्थानीय तहको निर्वाचनमा ललितपुरलगायत जिल्लामा भएको ठूलो आकारको मतदान पत्रका कारण मतदाताले मतदान गर्न गाह्रो भएको गुनासो गरेका छन्।

काठमाडौंमा सबैभन्दा बढी, नारफुमा कम मतदाता

आइतबार हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी तथा मनाङको नारफु गाउँपालिकामा सबैभन्दा कम मतदाताले मतदान गर्दैछन् ।

दुई दिन लगाएर अघिल्लो दिन केन्द्रमा पुगे दुर्गमका मतदाता

धादिङको दुर्गम गाउँका मतदाता शनिबार नै मतदान केन्द्र आइपुगेका छन्। रुवीभ्याली गाउँपालिकाका वडा नं. ५ नेवेरका मतदाता एक दिन हिँडेर शनिबार दिउँसो मतदान केन्द्र आइपुगेका हुन्।

गाउँ फर्कंदै मतदाता

झार्लाङकी फूलमाया तामाङ भोट हाल्न गाउँ फर्किएकी छन् । अहिलेसम्म उनले न कुनै उम्मेदवार चिनेकी छन् न त भोट हाल्न जानेकी छन् । तर बल्लबल्ल आएको अवसर छोड्न हुन्न भनेर छिमेकीले फोनमा भनेपछि उनी ताम्लोकुम्लो बोकेर गाउँ फर्किएकी हुन् । उनले भनिन्, ‘छिमेकीले फोन गरेर गाडी रिजर्भ छ त्यही गाडीमा आउनुस् भने, भोट हाल्न गाउँ जान लाग्या ।’

मतदातालाई गाउँ फर्कन भ्याईनभ्याई

झार्लाङकी फुलमायाँ तामाङ भोट हाल्न गाउँ फर्किएकी छन्। अहिलेसम्म उनले न कुनै उम्मेदवार चिनेकी छन् न त भोट हाल्न जानेकी छन्।

मतदाता शिक्षा सहरमा केन्द्रित

मतदाता शिक्षक सहरमै केन्द्रित हुँदा ग्रामीण मतदातालाई कसरी भोट हाल्ने भन्ने सामान्य जानकारीसमेत छैन।

मतदाताहरूको माग : रोजगारीदेखि सामाजिक सुरुक्षा

घरमा  भोट माग्न  आउने सबै दलका  उम्मेदवारहरुसँग त्रिवेणीनलगाड नगरपालिका  १०  औलगुर्ताका  २८ वर्षीय तेजवहादुर विक र भेरी नगरपालिका ४ गैरीखालीकी ७४ वर्षीया ओमकुमारी खत्रीले फरक परक  माग राख्ने गरेका छन् ।

मतदाता परिचयपत्र वितरण सुरु

वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार बिहानैदेखि परिचय पत्र वितरण सुरु गरेको छ। ६ हजार ६ सय ४२ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण थालिएको हो। । मतदाता परिचय पत्र वितरण गर्न निर्वाचन आयोगले विभिन्न निर्वाचन केन्द्रमा निर्वाचन अधिकृतसहितको टोली खटाएको छ।

मतदान केन्द्रमा ११ सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी, आज मतदाता परिचयपत्र वितरण

आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्