२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भोट कसरी हाल्ने? मतदातालाई थाहै छैन

मतदाता शिक्षा कार्यक्रमले मतदातालाई समेट्न नसक्दा धेरैलाई अन्यौल रहेको हो। निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सबै क्षेत्रमा नपुग्दा हालसम्म धेरैले मतदान बारे सही जानकारी पाएका छैनन्।

तेस्रो लिंगी मतदाता १४३, उम्मेदवार एक

स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी, यौनिक तथा अल्पसंख्यकबाट एक जनाले मात्रै वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

मतदाता चाहन्छन् शान्ति र विकास

'हामीलाई अरू केही चाहिएको छैन, विकास गर्ने नेता चाहिएको छ।' भेरीगंगा गाउँपालिका–६, घारीबनका ६० वर्षीय खिमबहादुर पुनले सो क्षेत्रका सांसद एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कासँग यसो भनिरहँदा खड्का मुुस्कुराए। पुनले फेरि भने, 'भोट त हाल्ने हो, तर चुनिएका नेताले विकास गर्लान् भन्ने के ग्यारेन्टी?'

मतदाता परिचयपत्र वितरण बिहीबारदेखि

निर्वाचन आयोगले आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि वैशाख २८ गते बिहीबारदेखि मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । यसपटकदेखि मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य गरेको आयोगले मतदानको तीन दिनअघि बिहीबार, शुक्रबार, शनिबार मतदान केन्द्रबाट मतदाता परिचयत्रपत्र वितरण गर्ने भएको हो।

मतदाता धम्क्याउँदै दलका कार्यकर्ता

स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा दलका कार्यकर्ताले चुनावी परिणाम आफ्नो पक्षमा पार्न मतदाता धम्क्याउन थालेको गुनासो नागरिकले गरेका छन्।

मतदाता परिचय पत्र छपाई अन्तिम चरणमा

स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता परिचय पत्र छपाई अन्तिम चरणमा पु¥याएको छ। देशभरबाट संकलित १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता नामावली अनुसार मतदाता परिचय पत्र छपाई अन्तिम चरणमा पुगेको हो।

गाउँ–गाउँमा मतदाता शिक्षा

स्थानीय तहको निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउन खोटाङको गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि वैशाख १ गतेदेखि जिल्लाभरका गाउँपालिका र नगरपालिकाका हरेक वडा–वडामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।

मतदाता नामावली वेबसाइटमा

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन पाउने एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाको फोटोसहितको मतदाता नामावली विवरण सार्वजनिक गरेको छ।

यसरी हेर्न सकिन्छ वेबसाइटमा अन्तिम मतदाता नामावली

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयार पारेको फोटोसहितको मतदाता नामावलीलाई आइतबार राति आयोगको वेबसाइटमा राखेको छ। स्थानीय तहको निर्वाचन वैशाख ३१ गते आइतबार तोकिएको छ।

सुरु भयो मतदाता शिक्षा तालिम

जिल्ला निर्वाचन कार्यालयले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि सामाजिक परिचालक तथा स्वयंसेवीकाहरुलाई मतदाता शिक्षा तालिम प्रदान गरेको छ। कार्यालयले एक सय १८ वटा मतदान स्थल र दुई सय ६ वटा मतदान केन्द्रको मतदाता शिक्षा सञ्चालन गरेको हो।

स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धादिङले कार्यकर्ता र मतदाता स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु गरेको छ ।

कुन प्रदेशमा कति मतदाता ?

निर्वाचन आयोगमा दर्तामध्ये सबैभन्दा धेरै मतदाता प्रदेश नम्बर ३ मा छन्। सात प्रदेशमध्ये राजधानी काठमाडौंसमेत रहेको ३ नम्बर प्रदेशमा मतदाताको संख्या धेरै देखिएको हो। तीन नम्बरमा एक सय १९ वटा एकाइ (गाउँ/नगर/उपमहानगर र  महानगरपालिका) छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्