२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मतदाता शिक्षा पुगेनः ‘श्रीमानले भनेकालाई नै भोट’

चुनावमा भोट कसलाई हाल्ने ?’ मतदाताका लागि लागि यो नितान्त व्यक्तिगत प्रश्न हो । आफ्नो वर्ग र समुदायको हित गर्न सक्ने, सिद्धान्त अनुकूल हुने तथा आफूले रुचाएका उम्मेदवारलाई भोट हाल्ने स्वतन्त्रता सबैमा हुन्छ ।

वैशाख २० गतेभित्र मतदाता परिचयपत्र

काठमाडौं- निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्र आगामी वैशाख १० गतेसम्म ७५ वटै जिल्लामा पुर्‍याउने भएको छ। यस्तै वैशाख २० गतेभित्रै देशभरका सबै मतदाताको हातमा परिचयपत्र पुर्‍याउने आयोगको योजना छ।

मतदाता १,४०,५४,४८२

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा देशभर एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएका मतदाताको संख्या सार्वजनिक गरेको हो।

अायोगले सार्वजनिक गर्‍यो मतदाता नामावली, १ करोड ४० लाखले भोट हाल्न पाउने

निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार एक करोड ४० लाख ५४ हजार ४ सय ८२ तय गरेको छ।

निर्वाचनका लागि मतदाता शिक्षाको तयारी तिव्र

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै खोटाङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी तिब्र पारिएको छ । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मतदाता शिक्षा समन्वय समितिले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो । निर्वाचनको तयारी भइरहेपनि मतदाता शिक्षामा ढिलाइभइरहेको गुनासो आइरहेकाबेलामा समन्वय समितिको शुक्रबार बसेको बैठकले मतदाता शिक्षाको तयारी तिब्र पार्ने निर्णय गरेको हो ।

मतदाता शिक्षामा सामाजिक विषयका शिक्षिका

स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि माध्यमिक विद्यालय तहका सामाजिक विषयका शिक्षिका खटाइने भएको छ। शिक्षिकामार्फत गाउँगाउँ खटिने मतदाता स्वयंसेविकालाई प्रशिक्षण दिएर खटाइने निर्वाचन कार्यालयले जनाएको छ।

सुनसरीमा चार लाख २९ हजार मतदाता

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट चार लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् ।

नयाँ ठेगानाअनुसार मतदाता परिचयपत्र, मत पत्रकाे सुरक्षा जिम्मा सेनालार्इ

निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि हालै लागू भएको स्थानीय तहको ठेगाना राखेर  मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

मतदाता सक्रियता बढ्यो

स्याङ्जा सेतीदोभानकी पार्वती पनेरुको परिवार एक वर्षअघि पोखरा रत्नचोकमा बसाइँ सर्‍यो। बसाइँ सरे पनि पनेरु परिवारले मतदाता नामावली पोखरामा सार्न बेलैमा हेक्का राखेन। समयमै नामावली सार्न गरेको ढिलाइले पनेरु परिवार आगामी निर्वाचनमा मतदान गर्न स्याङजा पुग्नुपर्नेछ। पोखरामै नाम सारिदिन अनुरोध गर्दै पनेरु केही दिनअघि निर्वाचन कार्यालय पुगेकी थिइन्।

मतदाता नामावली संकलन बन्द

फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका र २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्रै वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

मतदाताको थाहा पाउने अधिकार

सार्वजनिक मञ्चमा राजनीतिक नेताका लहरमा 'वान्टेड'को सूचीमा रहेका व्यक्तिहरू बसेको देख्न पर्नु मतदाताका लागि विडम्बना, लाजमर्दो र दुःखको कुरो हो। सुसूचित हुने अधिकारले यसमा नियन्त्रणको अवस्था सिर्जना गर्न सक्छ।

सबै क्षेत्र र तहका निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य

व्यवस्थापिका–ससद्को राज्य व्यवस्था समितिमा मतदाता नामावलीसम्बन्धी विधेयकमाथि छलफल सुरु भएको छ।

मतदाता नामावली संकलन तथा अद्यावधिककाे काम सुरु

जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि एक महिने अभियान सुरु गरेको छ। निर्वाचन कार्यालयले जिल्लाका ७२ गाबिसमा टोली खटाएर उमेर पुगेका नागरिकको फोटो सहितको मतदाता नामावली संकलनकालागि अभियान सुरु गरेको हो।

मतदाता नामावली अद्यावधिक गरिने

जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटो मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न एकमहिने कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार सदरमुकाम दिक्तेलमा आयोजित जिल्लास्तरीय सहयोग, समन्वय तथा अनुगमन समिति एवं सरोकारवालाको अन्तर्क्रिया कार्यक्रममा निर्वाचन कार्यालयले उमेर पुगेका नागरिकको फोटोसहितको मतदाता नामावली संकलनका लागि अभियान चलाउने जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्