३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मतदाता नामावली अद्यावधिक गरिने

खोटाङ- जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटो मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न एकमहिने कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार सदरमुकाम दिक्तेलमा आयोजित जिल्लास्तरीय सहयोग, समन्वय तथा अनुगमन समिति एवं सरोकारवालाको अन्तर्क्रिया कार्यक्रममा निर्वाचन कार्यालयले उमेर पुगेका नागरिकको फोटोसहितको मतदाता नामावली संकलनका लागि अभियान चलाउने जानकारी दिएको हो।

आगामी पुस १४ देखि माघ १४ सम्ममा जिल्लाका ७२ गाविसमा टोली खटाएर फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक गरिने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए। १६ वर्ष उमेर पुगेका नेपाली नागरिकको फोटोसहितको मतदाता नामावली संकलन तथा यसअघि नाम दर्ता गर्न छुट भएका मतदाताको दर्ता, गलत विवरण भरिएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलन गर्न लागेको हो।

खत्रीका अनुसार जिल्लामा करिब ७५ हजार मतदाताको नाम दर्ता गर्न बाँकी रहेको अनुमान गरिएको छ। कतिपयले जानाजान हेलचक्र्याँइ गरेर मतदाता नामावली दर्ता नगरेको पाइएको छ। मतदाता नामावली संकलनसँगै अद्यावधिक गर्न १२/१२ गाविसका ६ वटा क्लस्टर बनाइएको निर्वाचन अधिकारी खत्रीले जनाए। टोली प्रत्येक गाविसमा दुईदुई दिन बसेर फोटोसहितको मतदाता नामावली संकलन गर्नेछन्। यस कार्यमा सहयोग गर्न निर्वाचन कार्यालयले राजनीतिक दल, बुद्धिजीवी, पत्रकारलगायतलाई आग्रह गरेको छ। फोटोसहितको मतदाता नामावली संकलन अभियानमा 'नछुट्न र नदोहोरिन' कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: ५ पुस २०७३ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App