६ आश्विन २०८१ आइतबार
image/svg+xml

नाबालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुरमा बिगत तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा चालु आर्थिक वर्षमा सबैभन्दा बढी बलात्कारका घटना भएका छन्।

पैसा फिर्ता माग्दा खुर्सानीको धुलो आँखामा हानेर कुटपिट

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले एक दम्पतिको आँखामा खुर्सानीको धुलो हाली कुटपिट गरेर ज्यान लिन खोजेको आरोपमा ३ जना युवालाई पक्राउ गरेको छ।

धर्मभक्त मानव अंग प्रत्यारोपणका ११ नर्स पक्राउ

विभिन्न माग राखी धर्नामा बसेका ११ जना नर्स पक्राउ परेका छन् । मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्सहरुले शान्तिपुर्ण धर्नाको तयारी गर्नेक्रममा पक्राउ परेका हुँन् । वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको हो ।

भैरहवामा गोली चल्योः हतियारसहित एक भारतीय पक्राउ, तीन प्रहरी घाइते

रुपन्देहीको सिद्धार्थनगर पालिकामा वडा नं. १० शंकरपुर दशगजा क्षेत्रमा बिहीबार साँझ ५ बजेतिर गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा भारतीय पक्षबाट ३०/३५ जनाको समूहले प्रहरी माथिनै आक्रमणको प्रयास गर्दा आत्मरक्षाका लागि प्रहरीले गोली एक राउण्ड गोली चलाएको हो।

दुई क्वीन्टल गाँजासहित दुई जना पक्राउ

सर्लाही प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ। बुधबार राति दुई क्वीन्टल १२ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई प्रहरीले बिहीबार दिउँसो सार्वजनिक गरेको हो।

बलात्कार आरोपमा पक्राउ

बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–५ पिप्लेका ४५ वर्षीय हीरालाल चौंलागाई पक्राउ परेका छन्।

छोरी बलात्कारमा संलग्न पक्राउ

नौ वर्षीय छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ५० वर्षीय बाबु दुःखीलाल (परिवर्तित नाम) लाई प्रहरीले पक्राउ गरेको छ।

कालोपुलमा युवतीमाथि एसिड प्रहार, अवस्था गम्भीर, एक जना पक्राउ

राजधानीको कालोपुलमा युवतीमाथि एसिड प्रहार भएको छ। २० वर्षीया जेबी खड्कालाई कोठाबाट बाहिर ल्याएर बुधबार साँझ ७ बजेतिर एक युवकले एसिड प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले नागरिक न्यूजलाई जानकारी दिए।

आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

खोटाङमा आफ्नै छोरी बलात्कारमा संलग्न बाबु पक्राउ परेका छन्। ९ वर्षीय नाबालिका छोरीलाई जबरजस्ती करण गरेको अभियोगमा ५० वर्षीय बाबु दुखीलाल (परिवर्तित नाम)लाई प्रहरीले पक्राउ गरेको हो।

बलात्कारको आरोपमा तीन पक्राउ

एकैसाता तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ

दोहोरो नागरिकता लिएको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर—९ विमलेश साह छन्।

नेकपा रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ

उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई अश्लिल गालिगलौज गर्दै हातपात गरि अभद्र ब्यवहार गरेको डिएसपी खड्काको भनाई छ।

१६ लाख भारुसहित ठमेलबाट पाँच पक्राउ

भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ परेका छन्। प्रतिवन्धित ५ सय र १ हजार दरका १६ लाख बराबरका नोट सहित ठमेलको व्लु मुन होटलबाट शम्भु परियार, सन्तोष थापा मगर, राजेन्द्र घिसिङ, धनध्वज तामाङ र रामविक्रम खड्का पक्राउ परेका हुन्।

किशोरीको घाटी रेटी हत्या, एक जना पक्राउ

पाँचथरको हिलिहाङ गाँउपालिका–४ पञ्चमीको कात्तिके भन्ने स्थानमा घाटी रेटेर एक किशोरीको हत्या भएको छ।घरदेखि केही दुरीमा १५ बर्षीय शितल योङहाङको हत्या भएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक (इक्स्पेक्टर) अनील पौडेलले बताए। उनका अनुसार हत्यामा संलग्न भएको आरोपमा भगिरथ बास्तोलालाई प्रहरीले पक्राउगरेको छ।

म्युजिक नेपालका सञ्‍चालक थापा पक्राउ

चलचित्र मखमली–२ की निर्मात्री धनमाया सिलवालले थापाविरुद्ध उजुरी गरेपछि उनी पक्राउ परेका हुन्। थापाले छायांकनमा रहेको चलचित्रको गीतलाई आफैले म्‍यूजिक भिडियो बनाएर युट्युबमा हालेको निर्मात्री सिलवालले आरोप लगाएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्