२० आश्विन २०८१ आइतबार
image/svg+xml

पुलिसको विजयी सुरुआत

ओपनर अमित श्रेष्ठ र दिलीप नाथको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाल पुलिस क्लबले प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ। घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशि रहेको प्रधानमन्त्री कपमा बुधबार नेपाल पुलिसले सुदूरपश्चिमलाई ७ विकेटले हरायो।

पुलिसले फाइनल खेल्ने पक्का

नेपाल पुलिस क्लबले साबिक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै आरबिबी एनभिए पुरुष लिग जित्ने सम्भावना बलियो बनाएको छ। जितसँगै पुलिसले सोमबार हुने फाइनलमा स्थान पक्का गरेको छ।

उद्‍घाटन खेलमा पुलिस विजयी

नेपाल पुलिस क्लबको महिला टोलीले तेस्रो आरबीबी एनभीए महिला पुरुष क्लब लिग भलिबलको रोमाञ्चक उद्घाटन खेलमा जितका साथ तीन अंक जोड्न सफल भएको छ।

चोर-पुलिस

उताबाट भनियो, 'ल त्यो पछि मिलाउँला, अहिले यहाँ सुन्, त्यहाँ तेरो एरियातिर भर्खरै एउटा चोर पक्रेको छ रे। घरबेटीले यहाँ फोन गर्‍या गर्‍यै छ। लोकेसन पनि टिपाएको छ। तुरुन्तै गएर लिएर आ त्यो चोरलाई।

मनाङलाई १-० हराउँदै पुलिस क्लब सेमिफाइनलमा

चिरपरिचित प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले माइभ्याली गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बहुसंख्यक दर्शकको अपेक्षालाई गलत साबित गर्दै पुलिसले मनाङलाई सिजनको पहिलो भेटमै १–० ले घर फर्कायो।

विमानस्थलबाट नक्कली पुलिसले फिल्मी शैलीमा अर्बौं लुटे

दक्षिण अफ्रिकाको जोहनेसवर्ग विमानस्थलबाट एक लुटेरा समूहले अर्बौं नगद रकम लुटेका छन्। लुटेराहरुले पुलिसको पोशाकमा विमानस्थलमा पुगेर लुटेका थिए। विमानस्थलको कोही पनि छिर्न नपाउने ठाउँमा उनीहरु विना रोकटोक बसेका थिए।

पुलिसमाथि एफिएफको जित

एपिएफले प्रथम रेडियो दिदीबहिनी कप राष्ट्रिय खुला महिला भलिबलमा विजयी सुरुआत गर्दा न्यु डायमन्ड र पश्चिमाञ्चलबीचको खेल प्रतिकूल मौसमका कारण स्थगित गरिएको छ। बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा २५–१४, २५–१६, २५–१७ ले पराजित गर्‍यो।

पुलिसले जित्यो बूढासुब्बा गोल्डकप

सिएमजी संकटालाई सडन डेथमा हराउँदै  विभागीय टोली नेपाल पुलिस क्लबले १९औं बूढासुब्बा रेडबुल गोल्डकपको उपाधि जितेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि सोझै टाइब्रेकरमा पुगेको खेलले त्यहाँबाट पनि स्पष्ट नतिजा पाउन सकेन।

पुलिस र संकटाको उस्तै लक्ष्य

पाँचौं पटक उपाधि जित्ने पुलिसको लक्ष्य र जारी सिजनमा उपाधिको ह्याटि्रक गर्ने सिएमजी संकटा क्लबबीचको टक्करले शनिबार धरानमा बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि छिनोफानो गर्नेछ। नेपाली फुटबलको महारथी पुलिसको खेल खस्किदै गएपछि पछिल्लो समय आलोचना खेपिरहेको छ।

आयोजकलाई हराउँदै पुलिस फाइनलमा

जुमानु राईले खेलमा लय समातेपछि आयोजक धरान नीलोलाई ३–१ गोलअन्तरले हराउँदै नेपाल पुलिस क्लब १९औं बूढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

पुलिसलाई पाथीभरा भलिबल

नेपाल पुलिस क्लबले दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।शनिबार पुलिसले त्रिभुवन आर्मी क्लबलाई १९–२५, २५–१५, २५–२०, २२–२५, १५–११ ले हरायो।

सडनडेथमा पुलिसलाई सफलता

नाटकीय खेलमा विक्रम धिमालले गोल गरेपछि नेपाल पुलिस क्लबले आयोजक धरान पहेंलोलाई सडनडेथमा हराउँदै १९औं बूढासुब्बा रेडबुल गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेल सकिन एक मिनेट बाँकी भएको बेला विक्रमले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याएका थिए।

आर्मी र पुलिसबीच उपाधि भिडन्त

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा शनिबार खेल्दै छन्। यी दुई टोलीबीच जित हासिल गर्ने टोलीले उपाधि जित्नेछ। राउन्ड रोबिनको आधारमा भैरहेको प्रतियोगितामा अपराजित रहेको आर्मी र पुलिसले समान ९ अंक जोडेका छन्।

चुरे दोहनमा चोर–पुलिस खेल

चार दिनदेखि जमदह–२ चोरपानेको चुरेक्षेत्रबाट निरन्तर ढुंगा उत्खन्न भैरहेपनि नियन्त्रणकारी निकाय चुपचाप छ। चुरेमै पसेर गैरकानुनी ढुंगा उत्खन्न र निकासी भैरहेको स्थानीयले जानकारी गराउँदा समेत नियमनकारी निकाय कानमा तेल हालेर बसिरहेछ।

महिलामा एपिएफ र पुरुषमा पुलिस सफल

नेपाली भलिबलमा विभागीय टिमको बर्चस्व कायम राख्ने क्रममा बुधबार सशस्त्र प्रहरी बलको एपिएफ महिला टोली तथा नेपाल पुलिसको पुरुष टोलीले पोखरामा जारी सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्