काठमाडौं– नेपाल पुलिस क्लबको महिला टोलीले तेस्रो आरबीबी एनभीए महिला पुरुष क्लब लिग भलिबलको रोमाञ्चक उद्घाटन खेलमा जितका साथ तीन अंक जोड्न सफल भएको छ।
भलिबलमा ३२–३२ को बराबरी दुर्लभ मानिन्छ । तर मंगलबारको खेलमा त्यस्तै भयो। दशरथ रंगशालास्थित कभर्ड हलमा प्रतियोगिताले रोमाञ्चक सुरुआत पाउँदा पुलिसले दोस्रो सेटमा त्यस्तै अवस्थाबाट विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ३४–३२ को नतिजा निकाल्यो । जसका कारण सोझो सेटको जित भए पनि पुलिसका लागि त्यो सहज भएन । पुलिसले पहिलो २५–२१, तेस्रो २५–१७ ले जित्यो । पहिलो सेटमा पुलिसले सफलता हासिल गर्न सहज भयो ।
तर दोस्रो सेटमा आर्मीले पुलिसलाई कडा टक्कर दिएको थियो । आर्मी पछिल्लो समय महिला भलिबलमा बलियो बन्दै आएको टोली हो । मंगलबार आर्मीले अनुभवी पुलिसलाई सुरुआती सेटमा कडा चुनौती दियो। आर्मी दोसो सेटमा अझ बलियो भएर प्रस्तुत भएको थियो ।
२२–२२ को बराबरीबाट अगाडि बढेको खेलमा किशोर खेलाडीको बाहुल्य भएको आर्मीले पुलिसलाई तनावमा राख्यो ।
३२–३२ को बराबरी पुगेका बेला पुलिसकी सेटर सुशीला थापा घाइते भएकी थिइन् ।
विपक्षी खेलाडीको स्पाइक ब्लक गर्न उफ्रिएकी सुशीला ल्यान्डिङका क्रममा कोर्टमा लड्न पुगेकी थिइन्। केही समयपश्चात् सुशीला पुनः कोर्ट प्रवेश गर्दै पुलिस टोलीको लयलाई साथ दिएकी थिइन् ।
पुलिस प्रशिक्षक रूपेश विष्टले आर्मीविरुद्धको जित महŒवपूर्ण भएको बताए । ‘आर्मीले हामीलाई सुरुआती दुई सेटमा कडा चुनौती दिएको हो । दोस्रो सेट जित्नु हाम्रो लागि फाइदाजनक भयो । दोस्रो सेटको प्रदर्शन आर्मीले गरेको अहिलेसम्मको उत्कृष्ट प्रदर्शनमा पर्छ। त्यसमा सफलता हासिल गर्दा हाम्रा खेलाडीको आत्मविश्वास बढ्यो,’ विष्टले भने, ‘आर्मी उदीयमान टोली हो । आर्मीको स्तर माथि आइरहेको छ। आर्मीसँग जतिसुकै चुनौतीको सामना गर्नुपरे पनि स्पष्ट ३ अंक लिन सक्नु हाम्रो सफलता हो। यसले लिगको अन्य खेलमा हामीलाई फाइदा पुग्नेछ ।’
प्रशिक्षक विष्टले सेटर सुशीलाको मिहिनेतलाई प्रशंसा गरे । उनले थपे, ‘सुशीला अनुभवी खेलाडी हुन्। खुट्टामा चोट लागेपछि केही अप्ठ्यारो भएको थियो । उसले टोलीको लयअनुसार खेल्न सफल भइन्।’
यसै गरी पुलिसकी स्पाइकर कामना विष्ट पनि करिब तीन साता आराम गरेर खेलमा फर्किएको विष्टले बताए । घुँडाको चोटका कारण कामनाले पर्वतमा भएको खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितापछि खेल्न सकेकी थिइनन् । पुलिसले बुधबार एपिएफसँग खेल्दै छ । एपिएफविरुद्धको खेलले लिगको समीकरणलाई प्रभाव पार्ने प्रशिक्षक विष्टले बताए ।
महिलातर्फका अन्य खेलमा साबिक उपविजेता टोली एपिएफले जावलाखेल भलिबल टे«निङ सेन्टरलाई अन्डर १० मा हराउन सफल भयो । एपिएफले जावलाखेललाई २५–७, २५–७, २५–४ ले हरायो ।
पुरुष लिगतर्फको खेलमा साबिक विजेता हेल्प नेपाल स्पोटर््स क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित हासिल गरेका छन् ।
हेल्प नेपालले ढोरपाटनलाई २५–१२, २५–१८, २५–१८ ले हरायो । नेपाल पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई हराउन ५ सेटसम्म मेहनत गर्नुप¥यो । खेल जिते पनि पुलिसले २ अंक पायो भने एपिएफ १ अंक लिन सफल भयो ।
पुलिसले एपिएफलाई २५–१७, २५–१६, २३–२५, २१–२५, १६–१४ ले हराएको थियो ।
आर्मीले ढोरपाटन क्लबलाई २५–११, २५–१०, २५–१७ ले पराजित ग¥यो ।
बैशाख ४ सम्म चल्ने क्लब लिग भलिबलमा पुरुषमा हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल पुलिस, मणिमुकुन्द भलिबल क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल, ढोरपाटन र जावलाखेल भलिबल टे«निङ सेन्टरले प्रतिस्पर्धा गरिरहेका छन् ।
महिलातर्फ साबिक विजेता न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस, एपिएफ, पश्चिमाञ्चल टप्स भलिबल टिम, आर्मी र जावलाखेल भलिबल टे«निङ क्लबले भाग लिइरहेका छन् ।
प्रकाशित: ३० चैत्र २०७३ ०२:११ बुधबार