२१ आश्विन २०८१ सोमबार
image/svg+xml

घर जग्गामा क्षति पुग्नेगरी सडक बिस्तार नगर्न फुङलिङ नगरपालिकालाई सर्वाेच्चको अन्तरिम आदेश

सर्वाेच्च अदालतले निबेदकहरुको घर जग्गामा क्षति पुग्नेगरी सडक बिस्तार लगायतका कुनै पनि कार्य नगर्न-गराउन फुङलिङ नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।

मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै

मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाल लगायत संचना हटाउन सुरु गरेको छ।

१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात

मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।

भूमिहीनतामाथि राजनीति

राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूले विगत डेढ वर्षदेखि राम्रै सेवा/सुविधा लिइरहेका छन् तर भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या भने समाधान हुन सकेको छैन।

देउखुरीको जग्गा फुकुवा गर्न मन्त्रीलाई जिम्मा

लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ।

आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरूकै नाम जोडिएपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरू सक्रिय भएका छन्।

आवास विकास संघको अध्यक्षमा धमला

नेपाल जग्गा तथा आवास विकास संघको १६ औं साधारणसभामा आगामी दुई वर्षका लागि विदुर धमला अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

देशभर हराउँदै कृषियोग्य जमिन

जग्गाको खरिदबिक्री पछिल्लो एक वर्ष ह्वात्तै घटेको छ। भूमि व्यवस्थापन विभागका महानिर्देशक पदमनिधि सोतीका अनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष जग्गाको कारोबारबाट उठ्ने राजस्व ५० प्रतिशत घटेको हो।

अरूण तेस्रोको प्रसारण लाइन निर्माण चुनौतीपूर्ण बन्दै

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ।

अर्थतन्त्र चलायमान बनाउन जग्गाको कित्ताकाट खुला

घरजग्गामा गरेको लगानी डम्प हुँदा अर्थतन्त्रमा समस्या परेको भन्दै सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ।

पहाडबाट सार्वजनिक जग्गा हडप्न तराई

सार्वजनिक जग्गा हडपेर बस्ती बसाउन ठूलो संख्यामा आएका सर्वसाधारणहरुलाई प्रहरीले घर फिर्ता पठाएको छ।

अर्थतन्त्रप्रति अरू त्रसित राष्ट्र बैंक ढुक्क

नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ।

लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग

घर जग्गा व्यवसायीहरुले लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

भूउपयोग क्षेत्र वर्गीकरणमा खेलाँची

विश्वभर सम्भावित खाद्यसंकट टार्न अनेकन प्रयास भइरहेको सन्दर्भमा हामीचाहिँ भएकै कृषि जग्गा पनि मास्न लागिरहेका छौँ। विषयलाई हल्का ढंगले लिँदै गएमा यसबाट आउने परिणाम निकै भयाबह हुने निश्चित छ।

मध्यपहाडी लोकमार्गः मुआब्जा नदिई बाटो निर्माणको स्वीकृति

पोखरा महानगरपालिका–१६ का तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यले पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखरा छिराउँदा बदमासी गरेको पाइएको छ। उनले स्थानीयको सहमति नलिई बाटो निर्माणको स्वीकृति दिएको पाइएको हो। जुन स्वकृतिमा उनले मुआब्जासमेत नलिई बाटो निर्माण गर्न भन्दै वडा र महानगरबाट सहमति पत्र लेखेको पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्