२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अक्सिजन अभाव भएपछि बिरामी भर्ना लिन छाडियो

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभावकै कारण अस्पतालले बुधबार बेलुकीदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकेको छैन।

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गरिने

मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो।

कोभिड उपचारमा निजी अस्पतालको लुट : सरकार मौन

नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै उपचारको लागि काठमाडौंका निजी अस्पतालहरुले मनलाग्दी शुल्क तोक्न थालेका छन्। कोरोना उपचारका लागि सर्वसाधारणले धान्नै नसक्ने गरी बेडको शुल्क निजी अस्पतालहरुले तोक्न थालेका हुन्।

कोराेनाबाट सेती अस्पतालमा ६ जनाको मृत्यु

सुदूरपश्चिममा नयाँ भेरियन्टसहितकाे कोराेना भाइरसको संक्रमणले सेती प्रादेशिक अस्पतालमा ६ जनाको मृत्यु भएको छ।

कोभिड–१९ का कारण जिल्ला अस्पतालको नियमित सेवा प्रभावित

अस्पतालमा हुने अधिक भिडभाड रोक्नका लागि अस्पतालले अतिआवश्यक बिरामीलाई मात्र सेवा प्रदान सुरु गरेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले जानकारी दिएका छन्।

सिकिस्त भएर अस्पताल आउँदा बचाउन कठिन

चिकित्सकहरूका अनुसार बिरामीहरू सकेसम्म अस्पताल जानै नपरे हुन्थ्यो भन्ने चाहन्छन्। अस्पतालसम्म पुग्न ढिलाइ गर्दै घरमै बसेर आफुखुसी औषधि खाइरहेका हुन्छन्। अन्तिम अवस्था आइपरेपछि मात्र बल्ल अस्ताल पुग्ने चलन छ। अन्तिम अवस्थामा अस्पताल पुग्दा बचाउन कठिन हुने गरेको चिकित्कसकको भनाइ छ।

आयुर्वेद अस्पतालद्वारा पत्रकार महासंघलाई औषधि

कपिलवस्तु आयुर्वेदिक स्वास्थ्य केन्द्रले पत्रकार महासंघ कपिलवस्तु शाखालाई आयुर्वेदिक औषधि प्रदान गरेको छ।

इनरुवामा २० बेडको कोभिड अस्पताल सञ्चालनको तयारी

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएकालाई सुनसरीकाे सदरमुकाम इनरुवामा २० बेडको अस्पताल सञ्चालनको तयारी गरिएको छ ।

कर्मचारी र सामग्रीको अभावमा कोभिड अस्पताल बन्द

रसुवाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङमा रहेकाे कोभिड अस्पताल बन्द भएको छ । गाउँपालिकाले गत वर्ष स्थापना गरेको ५ शैयाको कोभिड अस्पताल बन्द भएको हो ।

बुटवलमा पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु

गम्भिर लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्थिती भयावह बन्दै गएको छ। पछिल्लो २४ घण्टामा बुटवलको कोरोना अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरीएका ६ जना संंक्रमितको मृत्यु भएको छ।

आईसीयूमा उपचाररत पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार

नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार आउन थालेको छ।

अस्पतालमा अक्सिजन पाउनै मुस्किल

चिंगाड गाउँपालिकाका प्रेम विक कर्णाली कोरोना अस्पतालमा भर्ना भएको एक साता भयो । प्रेमलाई दैनिक चार सिलिण्डर अक्सिजन आवश्यक पर्छ ।

'हेल्थ सिस्टम नै कोल्याप्स हुने अवस्था आउँदैछ'

प्रदेश २ मा दैनिक थपिँदै गएको कोरोना संक्रमितमध्ये आधा संक्रमित पर्सा जिल्लाकै हुन्छन् । यस प्रदेशमा रहेका २ हजार ५ सय ५२ सक्रिय संक्रमितमध्ये १ हजार ४२० सक्रिय संक्रमित पर्सामा छन् ।

भेरी अस्पतालमा जनशक्ति अभाव: कर्णाली स्वास्थ्य विज्ञानबाट चिकित्सकसहितको टोली जाँदै

नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसहितको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ।

बाँकेमा काेरोना कहरः सिकिस्त भएर अस्पताल पुग्दा मृत्यु हुने धेरै

नेपालगन्ज–१० का ४९ वर्षीय पुरुषलाई ज्वरो र रुघाखोकीले सताएको एक साताभन्दा बढी समय भइसकेको थियो । भेरी अस्पतालमा पुगेर स्वाब दिएपछि बैशाख ५ गते उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखायो । त्यतिबेलासम्म भेरी अस्पतालमा खासै भिडभाड थिएन र पनि उनी होम आईसोलेशनमै बस्ने निधो गरे । जब उनको स्वास्थ्यमा गम्भिर समस्या देखा पर्न थाल्यो, उनी अस्पतालमा भर्ना हुन खोजे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्