७ वैशाख २०८१ शुक्रबार
राजनीति

आईसीयूमा उपचाररत पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार

नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार आउन थालेको छ। कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो। उनको हाल आइसियूमै राखेर उपचार भइरहेको अस्पतालले विज्ञप्ती जारी गरी जानकारी दिएको छ।  

अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ। नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ।

प्रकाशित: १९ वैशाख २०७८ १५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App