२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निर्यातका समस्या समाधान गर्न आग्रह

पूर्ववाणिज्य सचिव तथा उद्योग सगठन मोरङका विशिष्ट सल्लाहकार पुरुषोत्तम ओझाले उत्पादनमूलक उद्योगले मूल्य अभिवृद्धि गर्ने उत्पादनमा ध्यान केन्द्रित गर्दै उत्पादन र गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ। चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो।

जुम्लाबाट ३१ करोडको कृषिवस्तु निर्यात

जुम्लाबाट १६ करोड ५ लाख रुपैयाँको स्याउ जिल्लाबाहिर निर्यात भएको छ। ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ३ हजार ३ सय मेट्रिक टन निर्यात भएको थियो। प्रतिकेजी ५० रुपैयाँको दरमा किसानले स्याउ बेचेका थिए।

भटमासको तेल निर्यात चार गुणा बढ्यो

पोहोरभन्दा चालु आर्थिक वर्षको ११ महिनामा ३२ अर्ब ११ करोड रूपैयाँ धेरैको प्रशोधित भटमासको तेल निर्यात भएको भन्सार विभागले जनाएको छ। पोहोरको जेठसम्म १० अर्ब १३ करोड रूपैयाँ मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएकोमा चालु आवको जेठसम्म ४२ अर्ब ३४ करोड रूपैयाँको भटमास तेल निर्यात भएको हो।

तीन अर्बको चिया निर्यात

मुख्य सिजनमै केभिड–१९ को महामारीले हरियोपत्ती टिपाइमा असर पुर्‍याएपनि नेपालको तयारी चिया निर्यातबाट आम्दानी भने बढेको छ। आव २०७६/०७७ मा २ अर्ब ७८ करोड रुपैयाँबराबरको चिया निर्यात भएकामा चालू वर्षको ९ महिनामै ३ अर्ब ६ करोड रुपैयाँको निर्यात भएको हो।

नेपालको निर्यात क्षमता ११ खर्ब: विश्व बैंक प्रतिवेदन

नेपाल विकास प्रतिवेदन (अपडेट) सोमबार प्रकाशित गर्दै बैंकका वरिष्ठ अर्थशास्त्री तथा अपडेटका प्रमुख लेखक केने इजेमेनारीले नेपालको उपयोग गर्न सकिने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर रहेको बताइन्। यो अहिले निर्यात भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा हो।

रेमडेसिभिर निर्यातमा भारतको प्रतिबन्ध

कोरोना महामारीको दोस्रो लहर तीव्र भएपछि यो रोगको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि रेमडेसिभिर निर्यातमा भारतले प्रतिबन्ध लगाएको छ। भारतको केन्द्र सरकारले आइतबार यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

घरेलु मदिराको ब्रान्डिङ र निर्यात योजना

सामाजिक विकास मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री उषाकला राईले कोदोको घरेलु मदिरालाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्ने योजना सार्वजनिक गरेकी हुन्।

अपेक्षित समयमा कोभ्याक्सको खोप नआउने

भारतले कोरोना खोप निर्यातलाई बन्देज लगाएपछि अपेक्षा गरिएको मितिमा कोभ्याक्स खोप नेपालले नपाउने देखिएको छ। यसबाट पहिलो डोज लगाएका अधिकांशले समयमै दोस्रो डोज पाउन सक्दैनन् कि भन्ने चिन्ता बढेको छ। माघ १४ देखि सुरु अभियानअन्तर्गत नेपालका भण्डै १८ लाखले खोपको पहिलो डोज लगाएका छन्।

भारतले अन्य देशमा खोप पठाउनमा लगायो रोक, नेपालमा पनि नआउने

भारतले कोरोनाविरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिशिल्ड’ को निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण आउने हप्ताहरूमा भ्याक्सिनको आवश्यकता बढ्ने भन्दै निर्यातमा रोक लगाएको मन्त्रालयले जनाएको छ।

स्तर बढ्दाका चुनौतीः निर्यात उकास्न पूर्वाधार खाँचो

नेपाल अबको पाँच वर्षपछि अतिकम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ। संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सिडिपी) ले सन् २०२६ मा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ।

चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ। गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६०.६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२.२ प्रतिशतले बढेको छ।

ल्होसारका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प

सोनाम ल्होसारका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प भएको छ । बुधबारसम्म दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउँदै आएकोमा बिहीबारबाट सामग्री आउन छाडेको हो ।

डेढ वर्षदेखि रसुवागढी नाकाबाट निर्यात ठप्प

भाषाको समस्या समाधान हुने क्रममा रहेको समयमा चीनको उहानमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले निर्यातको लागि अझै अनुमति नदिएको हो। २०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात नभएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्