५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

घरेलु मदिराको ब्रान्डिङ र निर्यात योजना

प्रतिबन्धित कोदोको घरेलु मदिरालाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्न प्रदेश १ को सामाजिक विकास मन्त्रालयले योजना अघि सारेको छ। सामाजिक विकास मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री उषाकला राईले कोदोको घरेलु मदिरालाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्ने योजना सार्वजनिक गरेकी हुन्।  

राईले कोदोको रक्सीलाई ब्रान्डिङ गरी बिक्री वितरण गर्न कानुनी र व्यवहारिक पक्षको अध्ययन थाल्ने बताइन्। राईले स्वदेशी मदिरामा प्रतिबन्ध लगाएर विदेशीलाई प्रोत्साहन गर्न नहुने धारणा राखिन्। राईले स्वदेशी घरेलु मदिराको उत्पादन र बिक्री वितरणलाई प्रोत्साहन गर्न कानुनी आधारहरू तयार पार्ने काम पनि गरिने जानकारी दिइन्।

 सोको लागि प्रदेश सरकारले ब्यान्ड भर्सेस ब्रान्डको अवधारणा अघि बढाइएको मन्त्री राईले बताइन्। उनले भनिन्, ‘पहिलो चरणमा स्वदेशी घरेलु कोदोको मदिराको बिक्री वितरण खुला गर्न ‘ब्यान्ड भर्सेस ब्रान्ड’को अवधारणा अघि बढाइएको छ।’ प्रदेश १ का सबै जिल्लामा लोकल रक्सी स्थानीय आदिवासी जनजाति समुदायले उत्पादन गर्ने गरेको उनले बताइन्। स्वदेशी उत्पादनको उपेक्षा गरेर विदेशी मदिरा आयात गर्ने नीतिले समृद्धि नआउने उनको भनाइ छ। 

प्रकाशित: २० चैत्र २०७७ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App