१ माघ २०८१ मंगलबार
image/svg+xml

पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयनपत्र दर्ता गरिरहेका छन् । जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन, नेपाली कांग्रेस, नयाँशक्ति पार्टी नेपाल, विवेशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतका उम्मेदवारले मनोनयनपत्र दर्ता गरिरहेका छन् ।

उपप्रधानमन्त्री थापाद्वारा उम्मेद्वारी दर्ता

उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नं प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी आज मुख्य निर्वाचनको कार्यालय हेटौँडामा दर्ता गराएका छन्।

वारेसनामामार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउने भएका छन्।

प्रधानमन्त्री पदका लागि गठबन्धन गरेको होइन : अध्यक्ष ओली

नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको स्थायित्वका लागि विचारधारा मिल्ने दलसँग मिलेर वाम गठबन्धन बनाएको बताए।

असिनाले धान नष्ट, लाखौँको क्षति

जिल्लाको छथर क्षेत्रमा थन्क्याउन लागेको धानबाली असिनाले नष्ट गरेको छ।  कृषकले भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा लाखौँ बराबरको नोक्सान भएको छ । सोमबार साँझ परेको असिनाले धानबाली चुट्दा रु १० लाखभन्दा बढीको क्षति भएको कृषकले बताएका छन्।

अख्तियार स्थलगत अनुसन्धानमा

नेपाल आयल निगम इन्धन भण्डारण जग्गा खरिद अनियमितता विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सुरु गरेको छ ।

महतोले उठाएनन् प्रधानमन्त्रीको फोन, तालमेलका लागि 'रअ' प्रमुखको दवाब

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो धनुषा ३ बाट उम्मेदवार हुने विषयमा दृढ देखिएका छन्। नेपाली काँग्रेससँग तालमेलका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उनलाई बुधबार पटक पटक फोन गरे पनि त्यसलाई अस्वीकार गर्दै उनने धनुषा ३ नछोड्ने अडान राखेका छन्।

सिन्धुलीमा यस बर्ष १० प्रतिशत धान उत्पादन बढ्ने

गत बर्षको तुलनामा यस बर्ष सिन्धुलीमा १० प्रतिशत बढी धान उत्पादन हुने भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको लागि सिन्धुलीमा उचित मौसम भएकाले विगतको बर्षको तुलनामा यस बर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ।

धानको मान

कृषि आधुनिकीकरणका नाममा आयात प्रणाली अपनाउनुभन्दा स्थानीय खेतीप्रणाली सुधार गर्नुपर्ने र स्थानीय बिउ उत्पादनमा जोड दिनुपर्ने हुन्छ  । त्यसका साथै सिँचाइ सुविधा र समयमै मलको व्यवस्था गर्न सकेमात्र कृषि उत्पादन बढ्नेछ । र, जुन अवस्थामा मौसममा मात्रै भर पर्नुपर्ने छैन।

तानाशाही लाद्‍न वाम गठबन्धन: प्रधानमन्त्री

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाम दलहरुले गरेको गठबन्धन राष्ट्रका विरुद्ध रहेको आरोप लगाएका छन्। राष्ट्रियता कमजोर पार्ने षडयन्त्र सहित बाम गठबन्धन भएको उनले बताए।

निर्वाचन लोकतान्त्रिक उत्सव : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रुपमा मनाउन सबैलाई आह्वान गरेका छन्। मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन सर्ने आशंका प्रमुख प्रतिपक्षी दलले गरिरहेका बेला प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रिय समाचार समिति (रासस) को नयाँ भवन शिलान्यास गर्दै निर्वाचनले लोकतन्त्रको जग दरिलो बनाउने बताएका हुन् । ‘आवधिक निर्वाचन लोकतन्त्रको आत्म हो,’ कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘निर्वाचन हुनेमा आशंका होइन यसलाई लोकतान्त्रिक उत्सवका रुपमा सफल बनाउन लागाैँ।’

एक खर्ब ८ अर्बको धान

यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ । गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो ।  अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ।

बुटवलका डेंगु बिरामी राजधानी धाउँदै

स्थानीय तहकै स्वास्थ्यसंस्थामा उपचार हुनुपर्ने डेंगुका बिरामीले उपचार नपाएपछि  बुटवलबाट राजधानी धाउनुपरेको छ । बुटवलबाट राजधानीको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा दैनिक बिरामी आइरहेको अस्पतालले जनाएको छ ।  ‘उतै उपचार हुनुपर्ने हो, बिरामी आत्तिँदै यतै आइरहेका छन्’, टेकु अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले भने।

तालमेलसँग नडराउन प्रधानमन्त्रीलाई ज्ञवालीकाे आग्रह

नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले वाम तालमेलसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रचार विभाग र प्रेस चौतारी नेपाल गुल्मीले सोमबार सदरमुकाम तम्घासमा अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले वाम तालमेलप्रति नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

प्रधानमन्त्री देउवाद्वारा टीका ग्रहण

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाएका छन्।  उनले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गरेका हुन्। टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्