२ माघ २०८१ बुधबार
image/svg+xml

संविधान विरोधी तत्व निगरानीमा छ : प्रधानसेनापति

नेपाली सेनाले विखण्डनवादी र संविधान विरोधी तत्वको निरन्तर निगरानी गरिरहेको जनाएको छ। संवैधानिक प्रावधानअनुसार राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रियहित प्रवद्र्धनलाई केन्द्रमा राखेर कार्यसम्पादन गरिरहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए।

नेपाल प्रहरी सफल छ, तर पर्याप्त होइनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीको काम प्रशंसनीय रहेपनि त्यो पर्याप्त भने नभएको बताएका छन्।

संसद् ऐन संविधान र नियमावलीविपरीत

संविधानअन्तर्गत रहेर प्रतिनिधिसभा र राष्ट्रियसभाका नियमावली निर्माण भए पनि संसद्को प्रशासनिक काम गर्ने कानुन भने संविधानविपरीत रहेको छ।

भ्रष्टाचार निवारणमा एकताबद्ध प्रयास आवश्यक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताएका छन्।  आयोगको पोखरा कार्यालय भवनको बुधवार शिलान्यास गर्दै उनले नागरिकले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य हुने धारणा राखे।

विचाराधीन मुद्दामा लेख्दा क्षति : प्रधानन्यायाधीश मिश्र

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा विचाराधीन मुद्दामा सञ्चार माध्यमले लेखेका कारण क्षति भैरहेको बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले सर्वोच्च अदालतमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा चलिरहेको विषयमा मिडियाले लेख्दा न्यायमा क्षति पुगेको बताएका हुन्।

संवैधानिक निकायका रिक्त ४० पदमा ५३५ को दाबी

संवैधानिक परिषद्ले संविधानअनुसार आठवटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार पार्ने प्रयोजनका लागि मागेको आवेदनमा हाल रिक्त ४० पदका लागि ५ सय ३५ जनाको दरखास्त परेको छ।

विचाराधिन मुद्दाकाे समाचार सम्प्रेषणले न्याय सम्पादनमा असर गर्छ : प्रन्या मिश्र

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा विचाराधिन मुद्दामा समाचार लेख्दा न्याय सम्पादनमा नै असर पर्नेतर्फ सचेत रहन आग्रह गरेका छन्। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश मिश्रले विचाराधिन अवस्थाका मुद्दाको समाचार सम्प्रेषणले न्याय सम्पादनसँगै मानव अधिकारलाई समेत असर गर्ने बताए।

अनुसन्धानको अलमल

सामान्यतः कुनै घटनाको अनुसन्धान सत्यतथ्य फेला पार्ने उद्देश्यले गरिन्छ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अनुसन्धानले भने कुनै नयाँ तथ्य उद्घाटन गर्न सकेको देखिएन।

प्रधानमन्त्रीका सल्लाहकारद्वारा अनधिकृत विवरण संकलन

पदको दुरुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ असगर अलीले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका निम्ति सरकारका विभिन्न निकायमा रहेका सूचना अनधिकृत रूपमा संकलन गरिरहेका छन्।

प्रदेश ३ को स्थायी राजधानीबारे प्रतिवेदन पेश

तीन नम्बर प्रदेश सभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रतिवेदन पेश गरेको छ। सोमबार बसेको बैठकमा समितिका सभापति दिपक निरौलाले सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन पेश गरेका हुन्। सभापति निरौलाले सर्वसम्मत रुपमा ल्याइएको प्रतिवेदनमा जिल्लागत रुपमा विवेचना र विश्लेषण गरिएको दाबी गरे। दीर्घकालिन रुपमा प्रभाव पार्ने गरी पाँच जिल्लालाई सिफारिस गरिएको बताउँदै उनले स्थायी राजधानीले प्रदेशको विकास र जनताको सेवालाई ध्यान दिनुपर्नेमा जोड दिए।

घुससहित डिएसपी समातिएपछि ३ वृत्तका इन्चार्ज फेरिए

प्रहरी प्रधान कार्यालय नक्सालले उपत्यकाका ३ वटा वृत्तको प्रमुख परिवर्तन गरेको छ। प्रहरी वृत्त बौद्धका इन्चार्ज डिएसपी श्यामकुमार राई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि प्रहरी हेडक्वाटरले बौद्धसहित विवादित मानिएका ३ वृत्तको प्रमुख फेरेको हो।

घटनास्थलमा प्रहरीको गम्भीर लापरबाही, थप २ प्रहरी निलम्बित

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकाे बलात्कार र हत्या घटनाको घटनास्थल अनुसन्धानमा जिम्मेवार प्रहरीहरुले गम्भीर लापरबाही गरेको पाइएको बताएको छ।

राजधानीका फाँटमा तराईको गुन्जन

कतै भोजपुरी गीत बज्दै छ, कतै मिथिलाको धुन । कतै भैया हो, भैयाको खिलखिलाहट । कतै सूतीको थपथपाहट । उपत्यकामा धान काट्न सुरु भएलगत्तै यहाँका फाँटमा तराईको झल्को देखिएको छ।

निर्मला हत्या अनुसन्धानमा प्रहरी दोषी

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्य्रााइँ देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्