२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

भ्रष्टाचार निवारणमा एकताबद्ध प्रयास आवश्यक

पोखरा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताएका छन्।  

आयोगको पोखरा कार्यालय भवनको बुधवार शिलान्यास गर्दै उनले नागरिकले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य हुने धारणा राखे। स्थानीय तहमा आर्थिक अनियमितता लगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताउँदै घिमिरेले सङ्क्रमणकालीन समयका नाममा कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको स्पष्ट पारे। 

भ्रष्टाचार नियन्त्रण गर्न आयोग सक्रियताका साथ लागेको बताउँदै उहाँले कुनै पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी भए/नभएको, कानूनको पालना भए/नभएकोलगायत विषयमा अध्ययन अनुसन्धान भइरहेको उल्लेख गरे। पोखरामा निर्माणाधीन कार्यालय भवनले यहाँबाट हुने आयोगको कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पु-याउने उनको भनाइ थियो। 

आयोगका सचिव महेश्वर न्यौपानेले सङ्घीय संरचनाअनुरुप आयोगको केन्द्रसहित सबै प्रदेशमा भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापन गरिएको बताए। मुलुकको उन्नतिमा भ्रष्टाचार प्रमुख बाधक भएको उल्लेख गर्दै उनले आयोगको कामको प्रभावकारिताका लागि जनशक्तिलाई तालिम प्रदान गरिएको बताए।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले तीन तहका सरकार गठन भई काम थालिसकेको वर्तमान अवस्थामा सुशासनका लागि आयोगको निगरानी आवश्यक हुने बताए। आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालका अनुसार कूल रु १४ करोड ७२ लाख ३६ हजारमा ठेक्का सम्झौता भई भवन निर्माणको काम अघि बढाइएको छ।

प्रकाशित: २४ आश्विन २०७५ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App