अस्थायी राजधानी र प्रदेशप्रमुख चुनावपछि
सरकारले प्रदेशसभा सदस्यलाई सपथ गराउन अन्तरिम प्रकृतिको भवन र प्रदेश प्रमुखको अस्थायी कार्यालय खोज्न थालेको छ ।
सरकारले प्रदेशसभा सदस्यलाई सपथ गराउन अन्तरिम प्रकृतिको भवन र प्रदेश प्रमुखको अस्थायी कार्यालय खोज्न थालेको छ ।
सरकारले प्रदेशका अस्थायी राजधानीको टुंगो चुनावपछि मात्र लगाउने भएको छ । प्रदेश प्रमुखको मनोनयन पनि चुनावपछि नै गर्ने तयारी छ । चुनावअघि अस्थायी राजधानी तोक्दा त्यसैले विवाद उत्पन्न गराउने भएकाले हाललाई यो मुद्दा थाती राख्ने सरकारी योजना छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत काँग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
दुई साता अगाडि साउदी अरेबियाबाट नै राजीनामाको घोषणा गरेका लेबनानका प्रधानमन्त्री साउद हरिरि स्वदेश फर्किएका छन्। लेबनानको राजधानी बेरूत पुग्दा उनको स्वागतमा ठूलो संख्यामा मानिसहरूको घुइँचो लागेको थियो।
पुत्रशोकमा परेका पुष्पकमल दाहाल दम्पतीप्रति समवेदना प्रकट गर्न गएका एमाले र कांग्रेसका नेताबीच शान्ति सुरक्षाका विषयमा अनौपचारिक र संक्षिप्त कुराकानी भएको समाचार प्रकाशित भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मत माग्दै हिँड्दा अधिकांश मतदाताले सोध्छन्, दुई पटक जित्नुभयो, केके काम गर्नुभयो ? मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार कोइराला मतदातालाई सम्झाउँदै भन्छन्, ‘थुप्रै काम गरेको छु। ढल–नाला निर्माण, ६ लेनको सडक, चक्रपथको कालोपत्रे।’
प्रधानमन्त्री शेरबहादुर देउवाले अगामी निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन सुरक्षा निकायलाई दिएका छन्।
कोटेश्वर महादेवस्थानस्थित सावित्रीदेवी गौतमको खाजा पसलमा साँझ–बिहान चिया पिउँदै राजनीतिक गफ गर्नेको भीड लाग्छ। गौतमको पसलअगाडि बेन्च र महादेवस्थान मन्दिरको पेटीमा बसेर राजनीतिक गफ गर्नेका लागि अचेल साझा अजेन्डा बनेको छ– प्रतिनिधि र प्रदेशसभा निर्वाचन । उनीहरू चियाको चुस्कीसँगै कुन पार्टीले चुनाव जित्छ भन्ने अड्कल काटिरहेका हुन्छन्।
विभिन्न भौतिक संरचना निर्माणका क्रममा निस्किने धुलोको प्रदूषणले राजधानीका बासिन्दालाई रोगी बनाउँदै लगेको छ । प्रदूषणले राजधानीवासीमा मुख्यतया श्वास–प्रश्वास सम्बन्धी विभिन्न रोग बढाउँदै लगेको छ ।
अहिले मुलुक प्रदेश र संघीय संसद्को चुनावमा होमिएको छ । सँगै प्रदेशको राजधानी कहाँ बनाउने भन्ने कुरामा पनि उत्तिकै बहस चलेको छ । जुन सकारात्मक कुरा हो । विशेषगरी २ नं. प्रदेशमा राजधानीको कुरा घनिभूतरूपमा उठेको छ । दुई नं. प्रदेशको पूर्वतर्फका नागरिक जनकपुरलाई राजधानी बनाउन लबिङ गरिरहेका छन् जबकि पश्चिमतर्फका बासिन्दा भने वीरगन्जलाई ।
इराकका प्रधानमन्त्री हैदर अल अबादीले इराकको राष्ट्रिय निर्वाचन निर्धारित तालिका अनुसार नै हुने शनिबार बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनप्रति श्रदाञ्जली अर्पण गरेका छन्। उनले ट्विटमार्फत् श्रदाञ्जली अर्पण गरेका हुन्।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाले वाम गठबन्धनले लोकतन्त्र खतरामा परेकाले फेरी एक पटक लोकतन्त्रको रक्षाको लागी नेपाली कांग्रेसको जीत आवश्यक रहेको बताएका छन।
एमाले प्रवेश गर्नासाथ टिकट पाएर चुनाव लडिरहेका पूर्व डिआइजी नवराज सिलवालदेखि कांग्रेसका चर्चित नेता विश्वप्रकाश शर्मासम्मले भोट माग्ने क्रममा धान काटेको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो । अरु थुप्रै नेता यस्तै चुनावी ‘स्टन्ट’ मा रमाइरहेका छन् । तर, चुनावको मुखमा नेताको रमाइलोका अघि किसानले धानको मूल्य नपाएको दुःख भने छोपिएको छ ।
‘देशको मध्य भागमा रहेका कारण यसलाई राजधानी बनाइनेछ ।’ यो चितवनमा हुने हरेक सभा र कार्यक्रममा नेता र विकासे कार्यकर्ताले प्रायः नछुटाउने वाक्य हुने गथ्र्यो । केही समययता भने चितवनमा ‘राजधानी’ को चर्चा पनि हुन छाडेको छ । संघीय अर्थात् केन्द्र सरकारको राजधानी नभए पनि प्रदेशको राजधानी बनाउने मुद्दा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उठेको थियो । अहिले यो सन्दर्भ कसैले सम्झँदैनन् ।