२९ पुस २०८१ सोमबार
image/svg+xml

जिताउनुस्, फेरि प्रधानमन्त्री हुन्छु : देउवा

वारेसनामाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मतदातासँग हातेमालो गर्न बिहीबार डडेल्धुरा आएका छन् । देउवा गृहजिल्ला डडेल्धुराबाट लगातार पाँचपटक प्रतिनिधिसभा र संविधानसभा सदस्यमा निर्वाचित भइसकेका छन् । उनी छैटौंपटक चुनाव लड्दै छन् ।

प्रधानमन्त्री कार्यालयद्वारा वातावरण सचिवलाई फिर्ता बोलाइयो, कमजोर कार्यसम्पादन र भ्रमणमा लापरवाही गरेको आरोप

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिइरहेका वातावरण सचिव डा. विश्वनाथ ओलीलाई प्रधानमन्त्री कार्यालयले कार्यसम्पादन चित्त बुझ्दो नभएको उल्लेख गर्दै फिर्ता बोलाएको छ । कात्तिक २० गतेदेखि सम्मेलनमा भाग लिइरहेका डा. ओली बिहीबार यहाँबाट फिर्ता जादैछन्।

ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अझै तीनपटक प्रधानमन्त्री बन्ने बताएका छन् । बिहीबार धनगढीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधामन्त्री देउवाले अगामी निर्वाचनमा केपी ओलीले नेपाली कांग्रेसबाट देउवा अन्तिमपटक प्रधानमन्त्री भनेको जवाफमा देउवाले अझै तीनपटक प्रधानमन्त्री बन्ने बताएका हुन् ।

प्रदेश १ : ‘राजधानी’ सपनाले मतदाता रनभुल्ल

मोरङ क्षेत्र नम्बर ६ का कांग्रेस उम्मेदवार शेखर कोइराला र एमालेका उम्मेदवार लालबाबु पण्डितलाई घरदैलोमा मतदाताले प्रायः सोध्ने एउटै प्रश्न छ, ‘तपाईंको उम्मेदवारी केका लागि ?’ उनीहरु दुवैको उत्तर पनि एउटै छ, ‘विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन ।’ मतदाता भने दुवै उम्मेदवारको एउटै अजेन्डाले अलमलमा छन् ।

उम्मेदवारमाथि अाक्रमण गर्नेलाई कारवाही हुनुपर्छ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

बाम गठबन्धन राणा र पञ्चायत शासनभन्दा खतरनाकः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बामगठबन्धन राणा शासन र पञ्चायत शासनभन्दा खतरनाक रहेको आरोप लगाएका छन । बुधबार कैलालीको लम्कीमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले एमाले र माओवादीले एक दलीय अधिनायकवाद लाद्न खोजेको बताए ।

रुसले निर्वाचनमा हस्तक्षेप गरेको बेलायती प्रधानमन्त्री मेको आरोप

बेलायती प्रधानमन्त्री थेरेसा मेले रुसमाथि हालसम्म कै सबैभन्दा कडा प्रतिक्रिया दिँदै विभिन्न देशका निर्वाचनमा रुसले हस्तक्षेप गरेको र साइबर जासुसी गरिरहेको आरोप लगाएकी छिन् । बेलायतको राजधानी लन्डनमा सोमबार साँझ आयोजना भएको उद्योगी व्यवसायीहरुको एउटा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले स्वतन्त्र समाजलाई कमजोर पार्न प्रयास गरेको आरोप लगाएकी छिन् । ‘उनीहरुले पश्चिममा जगतमा मतभेद सिर्जना गर्न गलत समाचार फैलाइरहेका छन्’ सम्बोधनका क्रममा मेले बताइन् । बेलायतले रुससँग कहिले अन्त्य नहुने खालको वादविवाद नचाहे पनि देशको राष्ट्रिय स्वार्थ भने जोगाउने उनले बताइन् । मेको यस्तो भनाइ गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको ठिक विपरित कोणबाट आएको छ । गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता स्वीकार नगरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइप्रति आफूलाई विश्वास लागेको बताएका थिए।

संविधानको कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ: महामन्त्री कोईराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानको सबल कार्यन्वयनका लागि आसन्न निर्वाचनमा नेपाली कांग्रसले जित्नुपर्ने बताएका छन्। चुनावी अभियानका क्रममा आईतवार उत्तरी गोरखाको बिभिन्न ठाउँमा पुगेर मतदातासँग भेट्दै उनले भने ‘देशमा कम्युनिष्ट शासन, साम्यवाद ल्याउने चेष्टामा वामगठबन्धन लागिपरेको छ।’

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङ ल्हमुलाई आफैँ सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक आदिवासी शेर्पा समुदायको नेपाली कांग्रेसले सधैँ कदर गर्ने बताए ।

कम्यूनिष्ट शासनमा धर्मको ठाँउ हुदैन: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरवहादुर देउवाले वाम गठबन्धनको नाममा लोकतन्त्र समाप्त पार्न खोजीएको भन्दै आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन लोकतन्त्र र कम्युनिष्ट शासनको जनतमत संग्रह भएको बताएका छन्।

प्रदेश नं. १ को राजधानी इटहरी हुनुपर्ने माग राख्दै र्‍याली

प्रदेश नं. १ को राजधानी इटहरी हुनुपर्ने माग राखेर शनिबार इटहरीमा शान्ति र्‍याली प्रदर्शन गरिएको छ। दुई सातादेखि इटहरी तथा आसपासका प्राध्यापक, नागरिक समाजका अगुवा, सामाजिक संस्थाका अगुवा, राजनीतिक दलको नेतृत्वकर्ता, अधिकारकर्मी, स्थानीय निकायलगायतले इटहरीलाई राजधानी बनाउन विभिन्न खाले कार्यक्रम गदैं आएकोमा शान्ति र्‍याली निकालिएको हो।

जनता लोकतन्त्र बिरोधी छैनन, त्यस कारण साम्यवाद रोजाइमा पर्दैन: प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो वाम गठबन्धन लोकतन्त्र विरोधी शक्ति भएको आरोप लगाएका छन्। उनले कम्युनिष्ट शासन स्थापना भएमा एकदलीय तानशाह जन्मने भन्दै त्यसो भएमा नेपाली जनताले डरत्रास पूर्ण दैनिकी बिताउन बाध्य हुनुपर्ने पनि बताए।

प्रधानमन्त्री देउवा ताप्लेजुङमा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ताप्लेजुङ आइपुगेका छन्।  मध्याह्न ताप्लेजुङ सदरमुकाम आइपुगेका प्रधानमन्त्री देउवा अहिले केहीबेरमा पाथीभरा मन्दिरको दर्शन गर्न त्यसतर्फ जाने कार्यक्रम रहेको छ।

पूर्वप्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको  ९० वर्षको उमेरमा निधन भएको छ । शनिबार विष्टको ज्ञानेश्वस्थित आफ्नै निवासमा निधन भएको हो

प्रधानमन्त्री देउवा चुनावी दौडाहामा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पाँचथरसहित पूर्वका तीन जिल्लाको चुनावी आमसभालाई सम्बोधन गर्दैछन्।  प्रधानमन्त्री देउवाले पाँचथरको फिदिम नगरपालिकामा रहेको लब्रेकुटीमा फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्