१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवा चुनावी दौडाहामा

पाँचथर –  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पाँचथरसहित पूर्वका तीन जिल्लाको चुनावी आमसभालाई सम्बोधन गर्दैछन्। 

प्रधानमन्त्री देउवाले पाँचथरको फिदिम नगरपालिकामा रहेको लब्रेकुटीमा फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै छन्। 

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व क्षेत्रमा निस्किने क्रममा प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथीभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ। पाथीभरा दर्शनपछि ताप्लेजुङको तोक्मेडाँडामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। 

तोक्मेको आमसभापछि प्रधानमन्त्री देउवाले पाँचथर र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिए। सभापति देउवासँगै काँग्रेस नेता बालकृष्ण खाँण पनि आमसभामा आउने कार्यक्रम छ। 

प्रधानमन्त्री देउवा ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए। जिल्लास्तरीय कार्यक्रमलाई ताप्लेजुङमा प्रधानमन्त्री देउवा, नेता खाँण, पाँचथर प्रतिनिधिसभाका उम्मेदवार भीष्मराज आङदेम्बे, प्रदेशसभा उम्मेदवार नरेन्द्रकुमार केरुङ, सुरेन्द्रकुमार दाहाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: २५ कार्तिक २०७४ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App