२९ पुस २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीको चेतावनीपछि शिक्षाले फिर्ता माग्यो पत्र

शिक्षा मन्त्रालयले विवादित काठमाडौं नेसनल मेडिकल कलेजको सिट निर्धारणबारे मेडिकल काउन्सिललाई पठाएको पत्र फिर्ता मगाएको छ ।

नेपाली वैज्ञानिकको अनुसन्धान सर्वोत्कृष्ट

संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको छ । क्यालिफोर्नियाको सान डिगोमा भएको सम्मेलनमा नेपाली युवा वैज्ञानिक रवीन ढकालले प्रस्तुत गरेको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । सम्मेलनमा संसारभरका पाँच सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए ।

समाजवादलाई सैद्धान्तिक श्रद्धाञ्जली

बोल्सेबिक क्रान्ति रसियाली क्यालेन्डरअनुसार २५ अक्टुबरका दिन भएको भए तापनि त्यसको वार्षिकी भने पश्चिमा पात्रोअनुसार सात नभेम्बरका दिन मनाउने चलन छ । सन् २०१७ बीसौं शताब्दीको विश्वलाई हल्लाउने त्यस युगान्तकारी जनक्रान्तिको शतवार्षिकी साल हो ।

शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार संविधानको कुन धाराले दियो? : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नभएको बताएका छन्। मेडिकल शिक्षाको बेथित अन्त्यका लागि संघर्षरत डा.गोविन्द केसी र उनको प्रतिनिधिमण्डलसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।

अधिनायकवाद नेपाली जनतालाई स्वीकार्य छैन: उपप्रधानमन्त्री थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणाले आशंका पैदा गरेको बताएका छन्। यसले प्रजातन्त्रको भविष्य, राजनीतिक स्थायित्व र मुलुकको समग्र आर्थिक विकासमा समेत आशंका उब्जाएको बताए।

वाम गठबन्धन नितान्त असैद्धान्तिक छ : खगेन्द्र संग्रौला

लेखक तथा समिक्षक खगेन्द्र संग्रौलाले एमाले र माओवादीको गठबन्धन नितान्त असैद्धान्तिक भएको बताएका छन् । उनले बिल्कुलै फरक पृष्ठभूमी भएका दलहरूले रहस्यमय ढंगले एकाएक गरेको गठबन्धन नितान्त असैद्धान्तिक र अव्यवहारिक भएको बताए ।

राप्रपाद्वारा बीपीको मेलमिलाप सिद्धान्तसहितको चुनावी घोषणापत्र सार्वजनिक

बीपीको मेलमिलाप सिद्धान्तलाई आधार मानेर राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। उसले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा उभ्याउँदै महेन्द्रकालिन राष्ट्रवादको नारालाई मूल आधार मानेको छ।

देश धान्ने बाह्य नेपाल

अरबमा काम गर्ने गरिबका सन्तति आफूले कमाएको सम्पत्ति वैधानिक बाटोबाट नेपाल पठाउँछ भने सुशिक्षित समूहले नेपालमा रहेको नगद गैरकानुनी विधिमार्पmत विदेश ल्याउँछ । नेपालबाट पैसा ल्याएर विदेशमा व्यापार सुरु गर्ने तथा अचल सम्पत्ति जोड्नेको बढ्दो संख्याले अरु के भन्छ र ?

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : आचार्य

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् ।

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा

केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउँदैछ । चिनियाँ उपमन्त्री सहितको उच्च स्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ।

असुरक्षाका कारण लेबनानी प्रधानमन्त्रीद्वारा राजीनामा

लेबनानका प्रधानमन्त्री साद उल हरिरीले आफूलाई ज्यानको जोखिम रहेको भन्दै पदबाट राजिनामा दिएका छन्। हरिरीका बाबु लेबनानको पूर्व प्रधानमन्त्री राफिक अल–हरिरीको पनि सन् २००५ मा हत्या भएको थियो । आफ्ना पिताको हत्या हुँदाताकाको जस्तै अवस्था अहिले लेबनानमा रहेको भन्दै आफ्नो हत्याको षड्यन्त्रको संकेत पाएको साउदी राजधानी रियादबाट प्रसारण भएको एउटा टेलिभिजन कार्यक्रममा उनले बताए।

मतदाता शिक्षा प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बढीभन्दा बढी सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको निर्वाचन आयुक्तहरूसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण विषय भएको भन्दै अधिकतम मत खस्ने र न्यून बदर हुनेगरी व्यवस्थापन गर्न आग्रह गरेका हुन् । ‘मतदातालाई आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्नेगरी वातावरण बनाउनुहोस्,’ प्रधानमन्त्रीले भने, ‘मतदाता भ्रममा नपर्नेगरी मतदाता शिक्षा प्रभावकारी बनाउँदै मत बदरलाई न्यून बनाउनेगरी व्यवस्थापन गर्नुहोस् ।’

मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बढीभन्दा बढी सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तलाई आग्रह गरेका छन्।

टाटु खोप्दाका सावधानी

टाटु खोप्ने प्रक्रिया साधारण भने छैन । टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ । त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्