प्रदेश ३ को राजधानी काभ्रे माग
प्रदेश नं ३ को राजधानी काभ्रे जिल्लामा हुनुपर्नेमा विभिन्न राजनीतिक दल, नवनिर्वाचित संघीय सांसद, प्रदेश सांसदहरू, सरकारी निकाय र सरोकारवालाले जोड दिएका छन् ।
प्रदेश नं ३ को राजधानी काभ्रे जिल्लामा हुनुपर्नेमा विभिन्न राजनीतिक दल, नवनिर्वाचित संघीय सांसद, प्रदेश सांसदहरू, सरकारी निकाय र सरोकारवालाले जोड दिएका छन् ।
युवा गजलकार केशवचन्द्र महरा (पवन) मंगलबार क्षेत्रीय प्रशासन अघि यसरी कुर्लिए। उनका यी दुई शेरमा प्रदेश राजधानी तराईमा कसरी हुनसक्छ ? भन्ने ‘प्रश्नचिन्ह’ छ । उनले ७ नम्बर प्रदेशको राजधानी तराईमा राख्ने प्रस्तावको विरुद्धमा यो गजल लेखेका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन मितिसहितका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। दलीय सहमतिका आधारमा राष्ट्रियसभा मिति घोषणाका साथै प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
सरकारले ७ वटै प्रदेशको अस्थायी राजधानीबारे खाका तयार पारेको छ। सहरी विकास मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद कार्यालयलाई सिफारिस गरेको खाकामा भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्थापन लगायतका विषयलाई आधार मानिएको मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरि प्रसाद पन्थीले बताए।
पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस धुमधामसँग मनाइएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई टोपी दिवसको रूपमा मनाइन थालेको हो । शताब्दीऔंदेखि प्रयोगमा रहेको टोपीलाई अझ व्यापक र विश्वव्यापी बनाउने उद्देश्यसहित सन् २०१४ बाट नेपाली टोपी दिवसको सुरुवात गरिएको हो । अभियन्ताहरूले टोपीको प्रयोगलाई व्यापक बनाउन नेपाली टोपी प्रतिष्ठान गठन गरी काम गरिरहेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्नेदेखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले अपनाउँदै आएको ‘माओवाद’ दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ ।
म त भन्छु ३ नम्बर प्रदेशको राजधानी काठमाडौंभन्दा बाहिर हुनुपर्छ । काठमाडौंलाई राजधानी बनाइयो भने काठमाडौं झनै अस्तव्यस्त हुन्छ । यसको भूगोलले थाम्न सक्दैन । अरु जिल्लाका मानिस पनि यहीँ भरिन्छन् । बरु उपत्यका बाहिर बनाइयो भने काठमाडौं खुकुलो पनि हुन्छ।
विवेकशील साझा पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेशको कदर गर्न आग्रह गरेका छन् । सोमबार विवेकशील साझा पार्टीले प्रेस विज्ञप्तिमार्फत लोकतन्त्रको आधारभूत अभ्यास गर्नुपर्नेमा जोड दिएको छ ।
धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ। भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन्।
विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउन माग गर्दै दबाब र्याली आयोजना गरिएको छ । विराटनगर माहानगरपालिकाको अगुवाइमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, स्थानीय राजनीतिक दल तथा विभिन्न संघ–संस्था र स्थानीयको सहभागितामा राजधानी माग गर्दै अइतबार ¥याली निकालिएको हो।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अनुशासन सहितको मेलमिलाप आवश्यक भएको बताएका छन्।
नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउबाको राजीनामा माग गरेका छन्। कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने नेता सापकोटाको माग छ।
पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवार सहित भ्रमणका लागी पश्चिम क्षेत्रमा आएपछि राजसंस्था समर्थकहरु नेपालगन्जमा केन्द्रित भएका छन्। पूर्वराजा ज्ञानेन्द्र आफ्नी पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा सहित दुई हप्ता लामो भ्रमणका लागी बिहीबार अपरान्ह नेपालगन्ज आईपुगेका थिए।
पर्यटकीय होटल व्यवसायीहरुको संस्थाले सौराहामा आयोजना गरेको हात्ती महोत्सव उद्घाटन गर्न मंगलबार चितवन आएका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष वक्ताहरुले नारायणगढ मुग्लिन सडक खण्डको निर्माण चाडै नसकिएका कारण पर्यटन चैपट भएको कुरा राखे । व्यवसायीको कुरा सुनेर प्रधानमन्त्री देउवा आफैँ छक्क परे । केही महिनाअघि आफैँले निरीक्षण गरेर काम चाडै सक्न निर्देशन दिएको सम्झना उनले गरे ।
नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयजनालाई अनुसन्धानको घेरामा तानेको छ । अख्तियारले चार महिना लगाएर दुई सयजनालाई अनुसन्धानको दायरामा ल्याएको हो । इन्धन भण्डारणका लागि जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला भएको सार्वजनिक भएपछि उसले छानबिन प्रक्रिया अघि बढाएको थियो ।