७ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारी राहत कोषमा द्ई अर्ब १२ करोड, बाढीपीडित भोकभोकै

सरकारी राहत कोषमा अर्बौं रुपैयाँ जम्मा भएर पनि बाढीपहिरोजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ। कोषमा देशभित्र र बाहिर रहेका विभिन्न समूह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो।

बाढीको कुरा गर्दा डाँको छोडेर रोए डा. केसी

अनशनकै बीचमा ठूलो बाढीपहिरोबाट देशभर जनधनको क्षति भएको खबर सुनेसँगै डा. गोविन्द केसी अचानक डाँको छाडेर रोए। यसअघि केसीले देशविदेशमा आइपर्ने जस्तोसुकै मानवीय विपत्तिमा पुगेर निःशुल्क उपचार तथा राहत वितरण गर्दै आएका थिए।

बाढी–पहिरोपीडितका लागि बेल्जियमा १९ लाख संकलन

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रका विभिन्न जिल्लाहरुमा बाढी–पहिरोपीडितका लागि गैरआवासीय नेपाली संघ बेल्जियमले १९ लाख रुपैयाँ संकलन गरेको छ। गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधार गौतमका अनुसरा आइतवार सम्पन्न संघको साधारणसभामा त्यहाँस्थित बिभिन्न व्यक्ति तथा संघसँस्थाको सहयोगमा सो रकम संकलन भएको हो।

बाढीको क्षति विवरण आउन सकेन, राहतको प्रतिक्षामा पीडित

बाढीले जिल्लाको अवस्था अत्यन्तै चिन्ताजक बनेको छ। जिल्लामा बाढीले पुर्याएको क्षतिको सम्पूर्ण विवरण आउन सकेको छैन।

बाढी पीडितहरु भोकको सन्त्रासमा, राहत बाँड्ने रोए

सोमबार दिउँसो २० बोरा चिउरा, १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको बाढी पीडित गाउँ भेंलहाँ पुगेका हरिनारायण रौनियारको आँखा रसायो । राहत वितरण गरिरहँदा उनी एक्कासी भक्कनिएर भीडभन्दा टाढा पुगे।

नवलपरासीमा बाढीको असर: गण्डक पावर हाउसको विद्युत उत्पादन केन्द्र बन्द

बाढीका कारण नवलपरासीको गुठी सुर्यपुरामा रहेको गण्डक जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द गरिएको छ। नहरको पानी बन्द गरिएपछि विद्युत उत्पादन बन्द गरिएको हो।

बाढीपीडित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री विमानस्थलबाटै फर्किए

बाढीपीडित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा सोमबार झापा आएका प्रधानमन्त्री शेरबहादुर देउवा चन्द्रगढी विमानस्थलबाटै फर्केका छन्। गृहमन्त्री जनार्दन शर्मासहित झापा आएका प्रधानमन्त्री देउवा विमानस्थलमा सरकारी अधिकारीको ब्रीफिङ सुनेर फर्केका हुन्। गएको शुक्रबारयता पाँच दिनसम्म लगातार झरी परेर झापामा बाढीले बबन्डर मच्चाएको थियो।

सुनसरीमा बाढीले मृत्यु हुनेको संख्या ११ पुग्यो

अधिक बर्षासँगै आएको बाढीले गर्दा सुनसरीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। इटहरी क्षेत्रबाट मात्र आठ जनाको मृत्यु भएको छ।

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन्। जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उनले राहत बाँडेका हुन्।

बाढीबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, २१ हजार विस्थापित

अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मुलकभरि ८० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार ३६ जना हराइरहेका छन् भने २५ जना घाइते भएका छन्।

बाढीले बगाउँदा तीनको मृत्यु, ४० हजार परिवार प्रभावित

महोत्तरीमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको लोहारपट्टि २ का इन्डल महरा, जलेश्वर नगरपालिका १ बस्ने शिव महरा र जलेश्वर २ का विक्की कुमार ठाकुरको बाढीमा परेर मृत्यु भएको हो।

बाढीपीडित क्षेत्रमा प्रधानमन्त्री

भारी वर्षाले डुवानमा परेको पूर्व क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री शेरवहादुर देउवासहित उनको मन्त्रीपरिषद्का आधादर्जन मन्त्री सोमवार आएका छन्। विशेष हेलिकोप्टरले अकाशबाटै उनीहरुले पूर्व क्षेत्रको सप्तरी, सुनसरी, मोरङ र झापाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन्।

बाढीको पूर्व तयारी नगरेको भन्दै सिडियोसँग मन्त्री आक्रोसित

पशुपंक्षी विकासमन्त्री शन्त कुमार थारुले प्रमुख जिल्ला अधिकारी विष्णु वहादुर थापा संयोजक रहेको दैबिक उद्धार समितिले बाढी पूर्व गरिनु पर्ने तयारी नै नगरेको आरोप लगाएका छन्।

झापामा बाढीले ज्यान गुमाउनेको संख्या ७ पुग्यो

बाढीका कारण ज्यान गुमाउनेको संख्या झापामा ७ पुगेको छ। आइतबार साँझसम्म चार जनाको शव भेटिएको जिल्लामा सोमबार थप तीन जनाको शव फेला परेको छ। थप पाँच जना चार दिनदेखि बेपत्ता रहेका कारण मृतक संख्या अरु थपिन सक्ने प्रहरीको अनुमान छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्