७ आश्विन २०८१ सोमबार
image/svg+xml

सुत्केरी ब्यथा लागेकी महिला चढेको गाडी बाढीमा डुब्यो, ६ जनाको मृत्यु

रौतहटमा सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा ६ जनाको ज्यान गएको छ। भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवा चौकस्थित लालबकैया नदीमा डुबेको थियो।

तराईमा बाढीको कहर, हेर्नुस् १६ तस्बिर

अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोले हजारौं जना विस्थापित बनेका छन्। बाढीले पूर्व झापा, सुनसरी, सप्तरी, सिरहा, रौतहट, पर्सा, चितवन, दाङ, बाँके, बर्दियालगायतका क्षेत्र प्रभावित बनेका छन्। मौसम पूर्वाअनुमान शाखाले वर्षा अझै हुने भन्दै जोखिम मानिएका क्षेत्रबाट अन्यत्र सर्न प्रशासनले आग्रह गरेको छ। हेर्नुस् तस्बिरहरु।

ठूलो बाढी पस्दा सौराहाका होटल डुबे

पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए।

पर्सामा १० वर्षयताकै ठूलो बाढी

तिन दिनदेखिको अविरल वर्षाका कारण पर्साका विभिन्न नदीमा आएको बाढीले सयौं घर डुबानमा परेका छन्। 'शुक्रबार रातिसम्म बाढी गाउँमा पुगेको थिएन, शनिबार बिहान झिसमिसेदेखि बढ्दै गएर बिहान आठ बजे बाढी गाउँमा पसेको हो, दर्जनौं घर डुबानमा छन्,' पर्सा, केहुनियाका अजमत मियाँले भने, 'करिब १० वर्षपछि यसरी पानी र बाढी आएको हो।'

बाढीको वितण्डा, २९ को मृत्यु

दुई दिनदेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढीपहिरोमा परी २९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले बाढीपहिरोबाट सुनसरी, मोरङ, झापा, पाँचथर, सिन्धुली, बाँके, सर्लाही, दाङ, पाल्पा, बर्दिया, बारालगायत जिल्लामा २९ जनाको मृत्यु भएको जनाएको छ।

गृहमन्त्रीको प्रधानमन्त्रीलाई ब्रिफिङ: बाढी प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण डुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन्।

बाढीका घटनाबारे गृहमन्त्रालयमा आकस्मिक बैठक

अविरल बर्षापछि तराईका जिल्लाहरुमा बाढी र पहाडी जिल्लामा गएको पहिरोका घटनाबारे छलफल गर्न गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

बाढी पहिरोबाट ३० को मृत्यु, गृहमन्त्रीद्वारा उद्धार तीब्र पार्न निर्देशन

गृहमन्त्री जनार्दन शर्माले देशै भरी बाढी पहिरोका कारणले मृत्यु हुनेहरु प्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिएका छन्। शनिबार बिहान गृहमन्त्रालयमा पत्रकारहरुसँग बोल्दै उनले देशै भरीको जन धनको क्षतिका बारेमा अवगत गराएका थिए।

चितवनको माडीमा बाढीको प्रभाव, १६ घरमा क्षति

लगातारको वर्षाका कारण खहरे खोलाहरुमा आएको बाढीका कारण चितवनको दक्षिण क्षेत्र माडीको जनजिवन प्रभावित भएको छ। चितपनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बाढीले १६ घरमा पूर्ण क्षति भएको छ। तीन सय घरपरिवार प्रभावित भएका छन्। पुलहरु भत्किएका कारण यातायात अवरुद्ध छ। मानवीय क्षति भने नभएको भट्टले जानकारी दिए।

बाढीले बगाउँदा झापामा २ को मृत्यु ८ वेपत्ता, ११ सय परिवार विस्थापित

झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।

बाढी-पहिरो पीडितको उद्धारमा खट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन् ।

बाँकेमा बाढीको वितण्डा, एकै घरका ३ बालिका पुरिए

अविरल वर्षापछि आएको बाढीले बाँकेमा वितण्डा मच्चाएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको वर्षाका कारण घर भत्किँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ४ बैजापुर (लालपुर) निवासी कमल थारुका ३ छोरी पुरिएका छन्।

दाङमा बाढीले २० घर बगायो, ५० घर डुबानमा

शुक्रबार रातीदेखिको लगातार भएको वर्षाका कारण खहरे खोला तथा बबइ नदीमा आएको बढीले दाङमा २० भन्दा बढी घर बगाएको छ भने ५० भन्दा बढी घर डुबानमा परेको छ ।

बाढीका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध, दुर्इ दर्जन गाउँ डुबानमा

तीन दिनदेखि अविरल रुपमा परेको पानीका कारण चाँदी र बागमती नदीमा आएको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्