७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाढीका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध, दुर्इ दर्जन गाउँ डुबानमा

रौतहट – तीन दिनदेखि अविरल रुपमा परेको पानीका कारण चाँदी र बागमती नदीमा आएको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । 

त्यसैगरी जिल्लाको झाझ, लमहा, बकैया खोलामा आएको बढीले दुई दर्जन गाउँ डुबानमा परेको छन् । बाढीले गरुडा, जयनगर, शिवनगर, गेडही, मलाही, जिगडिया, महम्पदपुर लगायतका विभिन्न स्थान डुबानमा परेका छन् । बाढीका कारण चार घर भत्कनुका साथै खेतीयाेग्य जमिन पूर्ण रूपमा डुबानमा परेकाे छ भने मानवीय क्षति भने भएकाे छैन्।

राैतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापासहितकाे उच्च सुरक्षा प्रमुखद्वारा उक्त क्षेत्रकाे निरीक्षण भइरहेकाे छ । 'बाढी प्रभावित क्षेत्रमा हामीले सुरक्षा व्यवस्था कडा बनाएका छाैँ, अाकस्मिक सुरक्षाका लागि पाैडीबाजकाे व्यवस्था गरिएकाे छ', प्रमुख जिल्ला अधिकारी थापाले भने । 

अविरल वर्षाका कारण सदरमुकाम गौर पनि उच्च जोखिममा रहेको छ भने पूर्व पश्चिम राजमार्ग विहान ४ बजेदेखि नै बन्द भएको छ । 

 

 

प्रकाशित: २८ श्रावण २०७४ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App