७ आश्विन २०८१ सोमबार
image/svg+xml

बुढीखाेलाकाे बाढीले इटहरी बजार डुब्याे, ६ काे मृत्यु

तीन दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण इटहरी बजार र आसपासका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ भने ६ जनाकाे मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएका छन्

बाढी पीडितबारे प्रधानमन्त्री र सहरीमन्त्रीबीच वार्ता

सहरी विकास मन्त्री प्रभु साहले तत्कालै तराईका बाढी पीडितहरूलाई उद्धार र राहत वितरण गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । केहीदिन यता परेको अविरल वर्षा कारण तराईका ग्रामिण क्षेत्रहरू अति प्रभावित भएकाले उनले उक्त छलफल गरेका हुन्।

हुलाकी सडकमा रात बिताउँदै बाढीपीडित

भजनी नगरपालिका–८ खल्ला टोल र काँडाढिकका केही परिवार चार दिनदेखि हुलाकी सडकमा बास बसिरहेका छन्। बिहीबार राति घरमा बाढी पसेपछि उनीहरू ज्यान जोगाउन सडकमा आएका हुन।

भियतनाममा बाढीबाट २६ को मृत्यु

भियतनामको उत्तरी क्षेत्रमा पर्ने विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी २६ व्यक्तिको मृत्यु भएको समाचार छ ।

बाढीले पुल भासिएपछि यातायातमा समस्या

केही दिनयताको लगातार वर्षाका कारण गाईघाट–कदमाहा सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका ६ स्थित जलजले खोलाको पक्की पुल भासिएको छ। एकसातायता केही घण्टाको फरकमा भईरहने वर्षाका कारण पिल्लरको जगको माटो बगेपछि पुल भासिन पुगेको छ। बाढीले पिल्लरको माटो खोतल्दै गएपछि पूर्वपट्टिको बिम पनि चर्किन पुगेको छ।

भियतनाममा बाढीबाट नौ जनाको मृत्यु, २४ बेपत्ता

भियतनामका विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी नौ व्यक्तिको मृत्यु भएको छ ।

बबई र कर्णालीमा पानीको बहाब उच्च, कान्द्राको बाढीले पशुचौपाया मरे

र्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। दुई वटा नदीमा पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए।

उत्तरपश्चिमी चीनमा बाढी, दशको मृत्यु

उत्तरपश्चिमी चीनको शाआनसी प्रान्तमा आएको बाढी पहिरोमा परी दश व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन्।

सप्तरीका बाढीपीडितलाई निःशुल्क उपचार

बाढीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

सप्तरीका बाढीपीडितलाई एमालेको राहत

सप्तरीका विभिन्न स्थानका बाढिपीडित ११७ परिवारलाई आज नेकपा (एमाले)ले राहत वितरण गरेको छ। बाढीपीडित राजविराज नगरपालिका वडा नं २ र १० तथा मलेठका बाढिपीडित प्रतिपरिवारलाई एक थान त्रिपाल, एक थान ब्ल्याङ्केट, एक थान ज्याकेट र पाँच किलो खाद्यान्नका दरले राहत बाँडिएको हो।

घाम लागे दुर्गन्ध, पानी परे भलबाढी

ढलको उचित व्यवस्थापन नहुँदा बौद्ध, जोरपाटी, चाबहिल, महाराजगन्ज, सामाखुसी, गोंगबु, बालाजु, पुतलीसडक, सहिदगेट, जमल, लैनचौर, टुकुचा, तीनकुने, बानेश्वर, माइतीघर, थापाथलीलगायत क्षेत्रमा पानी जम्ने समस्या छ ।

वर्षेनी बाढीको कहर

बुधबार साँझ अकस्मात भारी वर्षा भयो । वर्षापछि शिखर नगरपालिका–८ तिल्तालीमा बाढीले ‘अनौठो’ रुप धारण ग¥यो । ‘यस्तो बाढी आफ्नो जीवनकालमा दोस्रो पटक देखें । पोहोर पनि त्यसरी नै आएको थियो,’ स्थानीय ६३ वर्षिया वृद्धा चन्द्रा बलायरले भनिन्, ‘एकैपटक ठूल्ठूला ढुंगा, माटो, रुखसँगै बगाएर घरैमाथिबाट बगेर गयो ।’ आफुले भागेर ज्यान जोगाएको उनी बताउँछिन् ।

बाढीले कुलो बगाएपछि साढे पाँच सय बढी घरधुरी अन्धकारमा

वर्षासँगै आएको बाढीले लघु जलविद्युत आयोजनाको कुलो बगाएपछि तेह्रथुमको खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडक खण्ड समेत अवरुद्ध भएको छ ।

बाढी नियन्त्रण संयुक्त आयोग बैठक सम्पन्न

नेपाल-भारत बाढी नियन्त्रण संयुक्त आयोगको बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। बैठक आइतबार जनकपुरमा सुरु भएको थियो। यसक्रममा बैठकका सहभागीले सोमबार र मंगलबार कमला, बागमती र लालबकैया नदीको स्थलगत निरीक्षण गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्