२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाढीको पूर्व तयारी नगरेको भन्दै सिडियोसँग मन्त्री आक्रोसित

बर्दिया- पशुपंक्षी विकासमन्त्री शन्त कुमार थारुले  प्रमुख जिल्ला अधिकारी विष्णु वहादुर थापा संयोजक रहेको दैबिक उद्धार समितिले बाढी पूर्व गरिनु पर्ने तयारी नै नगरेको आरोप लगाएका छन्। बाढी पीडितको अवस्था,उद्धारको पहल, राहत र स्वास्थ्य परीक्षणका लागी योजनाको काम नगरेको उनले आरोप लगाए। बाढी पीडित अवस्था र तयारीको लागी गरिनु पर्ने कार्य ढिला भएको भन्दै असन्तुष्ट व्यक्त गरे। आईतवार हेलिकप्टर सहित उद्धार र राहत संकलनको लागी गृह जिल्ला पुगेका मन्त्री थारुले प्रमुख जिल्ला अधिकारी थापा समक्ष दैविक उद्धार समिति बैठकमा असन्तुष्ट व्यक्त गरेका थिए ।  ‘विपद भनेर त आउँदैन,’ सोमवार गुलरियामा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘राज्य अंगको प्रमुख भईसकेपछि विपद परेका सर्वसाधरण बचाउन सकिने त सिडिओसँग योजना हुनुपर्र्यो ।’ पूर्व तयारी नगरेका कारण साधन र स्रोत हुँदा समेत सर्वसाधरण रुखमा र विद्यालय बस्नु परेको उनले स्वीकारे । ’विपद वेवास्ता गर्दा धेरै जनाले ज्यान जोखिम पर्ने उनको जिकिर थियो । मन्त्री आफुले समितिको बैठक वोलाएर राहत र उद्धारका निर्णय गरेर अघि बढेको उनले जानकारी दिए । सोमबार देखि प्रभावित क्षेत्रमा राहत वितरण काम अघि बढेको उनले वताए । बबईका बाढी वाट गुलरिया,मधुवन,वासगढी र ठाकुरवावा नगरपालिका १० हजार घर धुरी बाढीवाट विस्थापित भएको जिल्ला प्रहरी कार्यालयमा तथ्याकं छ ।

प्रकाशित: ३० श्रावण २०७४ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App