२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

दसैंमा कस्तो रहला मौसम? यस्तो छ ३ दिनसम्मको अनुमान

मौसमविद्का अनुसार मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन।

बसपार्कमा छैन घर जानेको भीड

कोरोना महामारीको समय थिएन भने अहिले बसपार्कमा घर जानेको भीड थामिनसक्नु हुने थियो। दसैंमा घर जाने टिकट नपाएर सर्वसाधारण समस्यामा देखिन्थे। तर अहिले दसैंमा पनि बसपार्क सुनसान जस्तै छ।

‘टीका लगाउन आउन पनि बाटो छेक्यो नभन्नुहोला’

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका कोतघरमा लगाइने सामूहिक टीका पनि यसपटक नहुने भएको छ।

दसैंमा बाटो छेक्यो नभन्नु होला...

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले केहीदिन अघि सामाजिक सञ्जालमा स्टाटस लेखे–‘कोरोना महामारीजन्य विषम परिस्थितिका कारण यसपटकको दसैंमा छोरी–ज्वाइँ, नाती–नातीना टीका लगाउन नआउनुहोला, तपाईहरुलाई हाम्रो आर्शिवाद छँदैछ।

गण्डकी प्रदेशका मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले दसैं भत्ता फिर्ता गर्ने भएका छन्। प्रदेशको बुधबार बसेको मन्त्री परिषदको आकस्मिक बैठकले मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले दसैं भत्ता नलिने निर्णय निर्णय गरेको हो।

दसैंमा जुम्ला, सर्खेत, नेपालगन्ज सहुलियत उडान

गो कर्णाली टुर एन्ड ट्राभल्सले सीता एयरमार्फत कात्तिक १ देखि सुर्खेत–जुम्ला, जुम्ला–नेपालगन्ज सहुलियत हवाई उडान गरिरहेको छ। कोभिड–१९ ले जनजीवन प्रभावित भइरहेका बेला सहुलियत उडान हुन थालेपछि जुम्लावासी निकै खुसी छन्।

सबै सांसदकाे दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपा संसदीय दलको निर्णय

आज (सोमबार) दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले आफ्ना सांसदका लागि सरकारबाट उपलब्ध दसैं खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले नागरिकलाई जानकारी दिए।

सांसद गोकर्ण विष्ट भन्छन् : जनता थाल थाप्न बाध्य भइरहेका बेला दसैं भत्ता कसरी लिनु !

यसै क्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट सांसद गोकर्ण विष्टले पनि सरकारबाट उपलब्ध दसैं भत्ता फिर्ताको घोषणा गरेका छन्।

दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।

सांसदको दसैं भत्ता, केहीको भयो फिर्ता

‘देश आर्थिक कठिनाइमा रहेको बेला सांसदका लागि दसैं भत्ता उपलब्ध नगराउनु पर्ने हो तर सो नगरेपछि आफूलाई आएको भत्ता फिर्ता गर्न आग्रह गर्दछु। मेरो खातामा जम्मा भइसकेको रकम फिर्ता गर्न कठिनाइ भएमा चेक काटिदिन्छु वा अर्को महिनाको पारिश्रमिकबाट कट्टी गर्न आग्रह गर्दछु।’

सांसदलाई विष्णु रिजालको प्रश्नः दसैं खर्च थाप्न अलिकति लाज लाग्दैन?

नेता रिजालले आइतबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितले उपचार नपाइरहेको तथा देशको अर्थतन्त्र ओरालो लागिरहेका बेला दसैं खर्च दिनु तथा लिनु अस्वाभाविक भएको टिप्पणी गरेका हुन्।

मलाई दिइएको दसैं खर्च कोरोना नियन्त्रणमा लगाउनू : प्रदेश सांसद शाक्य

कोरोना महामारीका कारण कैयौं नागरिक बिहान–बेलुका हातमुख जोड्नसमेत नसक्ने अवस्थामा रहेका बेला जनप्रतिनिधिले दसैं भत्ता लिनु कुनै पनि दृष्टिकोणले उपयुक्त नहुने भन्दै सबै सांसदलाई त्यस्तो भत्ता फिर्ता गर्न अनुरोधसमेत गरेकी छन्।

यस्तो बेला सांसदले दसैं भत्ता लिन हुँदैन, मेरो खातामा राखिएको रकम फिर्ता लगियोस् : भीम रावल

आइतबार सामाजिक सञ्जालमार्फत नेता रावलले सांसदले दसैं भत्ता नलिने व्यवस्था गर्न माग पनि गरेका छन्।

यसो गरौँ यसपालि

सबैले आफ्ना सामाजिक सञ्जालका भित्तामा वा आफ्नै घरको भित्तामा लेखौँ– कृपया यो वर्षको दसैँमा तपाईँ मेरो घर नआउनुहोला, म पनि आउँदिन।

सरकारसँग विपन्नका लागि छैन दसैं प्याकेज

संकटका बेला सरकारले वास्ता नगर्दा आफूहरुले सरकार भएको अनुभूति समेत गर्न नपाएको कर्णालीवासीहरूको भनाइ छ। जनप्रतिनिधिले झुपडीलाई नदेख्दा यहाँको गरिबी जस्ताको त्यस्तै रहेको उनीहरूले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्