१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

गण्डकी प्रदेशका मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले दसैं भत्ता फिर्ता गर्ने भएका छन्। प्रदेशको बुधबार बसेको मन्त्री परिषदको आकस्मिक बैठकले मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले दसैं भत्ता नलिने निर्णय निर्णय गरेको हो।

बैठकले चाडपर्व भत्ताको रकमलाई कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण अर्थतन्त्र थलिएको अवस्थामा प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सांसद र उनीहरुका स्वकीयहरुले दसैं भत्ता लिएको भन्दै विरोध भएको थियो।

यसअघि नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरुले पनि दसैं भत्ता नलिने घोषणा गरिसकेका छन्। उनीहरुले पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने बताएका छन्।

प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा केहि सांसदहरुले दसैं भत्ता फिर्ता गर्ने घोषणा गरेपनि उनीहरुका स्वकीयहरुले भने यसबारे मुख खोलेका छैनन्।

प्रकाशित: ५ कार्तिक २०७७ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App