१५ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

एसइई परीक्षाको नतिजा बिहीबार सार्वजनिक हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोलि(बिहीबार)  सार्वजनिक हुने भएको छ। 

बुधबार बिहानै नतिजा प्रकाशन गर्ने तयारीका बारेमा राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेको थियो । तर बुधबार नतिजा प्रकाशन गर्ने तयारी भए पनि आन्तरिक तयारी नसकिएको भन्दै बिहीबार(एसइई) परीक्षाको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप नियन्त्रक भक्त गोदारले जानकारी दिएका छन् । 

बिहीबार बिहान फेरी एक पटक बोर्ड बैठक बोलाए नतिजा प्रकाशन गर्ने उनले जानकारी दिए।

२०८० साल चैत्र १५ देखि  चैत २७ सम्म भएको एसइई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ। जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ। ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २७ अंक ल्याउनुपर्छ। त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ। त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ।  एनजी  ग्रेड आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ। 

प्रकाशित: १२ असार २०८१ १७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App