१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सबै सांसदकाे दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपा संसदीय दलको निर्णय

फाइल तस्बिर : नेकपा संसदीय दलको बैठक

नेकपा सांसदले दसैंका लागि आएको भत्ता सरकारको कोरोना कोषमा जम्मा गर्ने भएका छन्।  

आज (सोमबार) दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले आफ्ना सांसदका लागि सरकारबाट उपलब्ध दसैं खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले नागरिकलाई जानकारी दिए।  

कोरोना महामारीका कारण नागरिक चरम पीडामा रहेका बेला जनप्रतिनिधिले दसैं भत्ता लिनु बैठीक भएको भन्दै एकपछि अर्का सांसदले यस्तो रकम फिर्ता गरिरहेका बेला सत्तारूढ नेकपाका सांसदले पनि दसैं खर्चबापतको रकम कोरोना नियन्त्रणमा लगाउने निर्णय गरेका हुन्।   

साथै बैठकले कोरोना संक्रमणको जोखिम रहेकाले यसपालिको दसैं घरभित्रै रहेर मनाउन आम नागरिकमा अपिल पनि गरेको उपनेता नेम्वाङले बताए। 

प्रकाशित: ३ कार्तिक २०७७ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App