१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

मलाई दिइएको दसैं खर्च कोरोना नियन्त्रणमा लगाउनू : प्रदेश सांसद शाक्य

सांसद शोभा शाक्य

साझा पार्टीबाट बागमती प्रदेश सभाकी सांसद शोभा शाक्यले प्रदेश सरकारले आफ्नो खातामा जम्मा गरिदिएको दसैं खर्चबापतको रकम फिर्ता गर्ने भएकी छन्।

आइतबार विज्ञप्ति जारी गर्दै उनले त्यो रकम कोरोना महामारी नियन्त्रणमा लगाउन सरकारलाई आग्रह गरेकी हुन्।  

साथै उनले कोरोना महामारीका कारण कैयौं नागरिक बिहान–बेलुका हातमुख जोड्नसमेत नसक्ने अवस्थामा रहेका बेला जनप्रतिनिधिले दसैं भत्ता लिनु कुनै पनि दृष्टिकोणले उपयुक्त नहुने भन्दै सबै सांसदलाई त्यस्तो भत्ता फिर्ता गर्न अनुरोधसमेत गरेकी छन्।  

‘मासिक तलब स्वत: खातामा आउने गर्दछ। बागमती प्रदेश सरकारले तलब सँगसँगै दसैं भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ। मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु। दसैं खर्चबापतको सो रकम कोभिड-१९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा प्रदेश सांसद शाक्यले भनेकी छन्।  

विज्ञप्तिमा अगाडि भनिएको छ- ‘साथसाथै सबै सांसदहरूलाई दसैं भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड-१९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गर्दछु।’

यो पनि पढ्नुहोस्

यस्तो बेला सांसदले दसैं भत्ता लिन हुँदैन, मेरो खातामा राखिएको रकम फिर्ता लगियोस् : भीम रावल

प्रकाशित: २ कार्तिक २०७७ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App