गाउँमा फैलिँदै कोरोना, २५ जनाको परीक्षण गर्दा २३ जना संक्रमित
जुम्लाको तातोपानी गाउँपालिका १ राँका गाउँमा २५ जनालाई परीक्षण गरेकोमा २४ जनालाई कोरोना पोजेटिभ देखिएको हो। गाउँमा रुघाखोकी लागेपछि कोभिड परीक्षण गरिएको थियो।
जुम्लाको तातोपानी गाउँपालिका १ राँका गाउँमा २५ जनालाई परीक्षण गरेकोमा २४ जनालाई कोरोना पोजेटिभ देखिएको हो। गाउँमा रुघाखोकी लागेपछि कोभिड परीक्षण गरिएको थियो।
दोस्रो लहरको कोरोना महामारीले बैंकहरूको कर्जा लगानीमा असर पुगेको छ। दोस्रो लहरको महामारी सुरु हुँदा त्यति धेरै असर नपरेजस्तो देखिए पनि अहिले आएर समस्या देखिन थालेको पाइएको छ।
मंगलबार बसेको कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले कोभिड शिल्ड खोपको प्रथम डोज लगाउन छुट भएका ५५ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिलाई खोप लगाउने निर्णय लिएको हो।
गोरखामा कोरोना खोप थोरै आएपछि अधिकासं स्थानीय तहले मंगलवारबाट खोप लगाउने कार्यक्रम सुरु गरेनन् । शहीदलखन गाउँपालिका बाहेकका पालिकामा मंगलवारदेखि पहिलो मात्रा खोप अभियान संचालन गर्न नसकिएको स्थानीय तहको स्वास्थ्य शाखाका प्रमुखहरुले बताएका छन्।
कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै प्रशासनले निषेधाज्ञा लागु गर्दा सहरमा हिडडुल ठप्प प्राय छ । सहरी जनजीवन करिब ठप्प जस्तै हुँदा कोरोना संक्रमणको गतिमा पनि ब्रेक लागेको अनुभूति चिकित्सकले गरेका छन् । तर, गाउँमा भने संक्रमणमा ब्रेक लाग्न नसकेको उनीहरुको भनाई छ ।
सरकारी विद्यालयहरुले जेठ महिनाबाटै नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गरेका छन्। सरकारले असार एक गतेदेखि नयाँ शैक्षिक सत्रको लागि भर्ना लगायतका सम्पूर्ण कार्यक्रम सुरु गर्ने भनी निर्देशन जारी गरे पनि विद्यालयहरुले भने जेठको अन्तिम साताबाटै विद्यार्थी भर्ना सुरु गरेका हुन्।
सामान्य अवस्था हुँदो हो त भक्तपुरको ऐतिहासिक र पुरतात्विक महत्वको दरबार क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरुको घुँइचो हुन्थ्यो। यतिमात्र हैन, कुनै न कुनै सांस्कृतिक बाजाले गुञ्जायमान् हुन्थ्यो तर जारी निषेधाज्ञाले साँस्कृतिक नगरी भक्तपुर सुनसान छ।
राष्ट्रिय किसान आयोगले कोरोना भाइरसको महामारीका बेला पिल्सिएका किसानलाई राहत दिन सरकारसमक्ष विभिन्न सुझाव दिएको छ।
कोरोना नियन्त्रणका लागि परिक्षणको दायरालाई फराकिलो बनाउने र स्वास्थ्य सामग्री प्रर्याप्त मात्रामा उपलब्ध गराउने मन्त्री तामाङको प्रतिबद्धता थियो। उनले तेस्रो लहरमा कोरोनाबाट बालबालिका बढी प्रभावित हुने सम्भावना अनुसार सबै प्रदेशमा भौतिक तथा जनशक्ति पूर्वाधार तयारी गरिरहेको बताए।
नेपालमा मंगलबारदेखि कोरोना रोगविरुद्ध खोप अभियानको नयाँ चरण सुरु हुने भएको छ। चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने खोप शाखाले जनाएको छ।
खोटाङका ४ सय ६३ जनाले कोरोना जितेका छन्। स्वास्थ्य कार्यालय खोटाङका अनुसार आइतबारसम्ममा १ हजार २ सय २१ जनालाई संक्रमण हुँदा २ सय २१ पुरुष र १ सय ३४ महिलाले संक्रमण जितेका हुन्।
आइतबार १ लाख ६ सय ३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ। कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो।
कानून व्यवसायी तथा पूर्वकानूनमन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई बधाई तथा ज्ञापनपत्र दिँदै डिएलएले कानून व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो।
एकातिर कोरोनाको कहर छ अर्कातिर सत्ताको लुछाचुँडी। एकातिर अकाल मृत्युका कारुणिक दृश्यहरू छन्। अर्कातिर राजनीतिक तिकडमबाजीका चित्रहरू। मानवता समाप्त भएजस्तो। मानवीय संवेदना परास्त भएजस्तो। सामाजिक सञ्जालमा छाउने मृत्युका खबरले मनै आतङ्कित बनाएको छ। श्रद्धाञ्जली र समवेदनाका शब्द लेख्ने र पढ्ने हाम्रो दिनचर्या भएका छन्।
कारागार भित्रका दुई महिला र १ सय २१ पुरुष गरी १ सय २३ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा १५ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जेलर गयाप्रसाद पाण्डेले जानकारी दिए।