१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना नियन्त्रण र स्वास्थ्य बीमा मन्त्री तामाङको प्राथमिकता

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार ल्याउने प्रतिबद्धता जनाएका छन्। सोमबार भर्चुअल पत्रकार सम्मेलन मार्फत उनले नेपालमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण पहिलो प्राथमिकताका साथ काम गर्ने र हरेक नागरिकलाई सहज स्वास्थ्य सेवा पहुँचमा ल्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई वैज्ञानिक र गतिशिल बनाउने बताए। कोरोना नियन्त्रणका लागि परिक्षणको दायरालाई फराकिलो बनाउने र स्वास्थ्य सामग्री प्रर्याप्त मात्रामा उपलब्ध गराउने मन्त्री तामाङको प्रतिबद्धता थियो।

उनले तेस्रो लहरमा कोरोनाबाट बालबालिका बढी प्रभावित हुने सम्भावना अनुसार सबै प्रदेशमा भौतिक तथा जनशक्ति पूर्वाधार तयारी गरिरहेको बताए। मन्त्रालयको हरेक कार्यक्रमको पारदर्शी रूपमाअघि बढाउने र आफ्नो सम्पत्ति विवरण मन्त्रालयको वेभसाइटमै सार्वजनिक गर्ने उनको भनाइ थियो। ‘हामीले सबै अस्पतालहरूलाई बालबालिकालाई पुग्ने गरी बेड र आईसियू तयारी अवस्थामा राख्नको लागि निर्देशन दिइसकेका छौं,’ मन्त्री तामाङले भने।

कोरोना नियन्त्रणका लागि परिक्षणको दायरालाई फराकिलो बनाउने र स्वास्थ्य सामग्री प्रर्याप्त मात्रामा उपलब्ध गराउने मन्त्री तामाङको प्रतिबद्धता थियो। उनले तेस्रो लहरमा कोरोनाबाट बालबालिका बढी प्रभावित हुने सम्भावना अनुसार सबै प्रदेशमा भौतिक तथा जनशक्ति पूर्वाधार तयारी गरिरहेको बताए।

स्वास्थ्य सम्बन्धी नयाँ अध्यादेश जारी भएसँगै विवादमा परेको वीर अस्पतालको निर्देशकका विषयमा मन्त्री तामाङले अध्यादेश अनुसार नै चल्ने बताए। एक साताअघि नयाँ अध्यादेश अनुसार युनिफाइड कोभिड अस्पतालको रूपमा रहेको वीर अस्पतालमा डा. जागेश्वर गौतम प्रशासकीय प्रमुखको रूपमा नियुक्ति भएपछि विवाद सुरु भएको थियो। त्यसअघि अस्पतालकी डा. शान्ता सापकोटा निमित्त निर्देशकको रूपमा कार्यरत थिइन्। डा. जागेश्वर पुगेपछि अस्पतालको सम्पूर्ण गतिविधी आफै हेरिरहेका छन्।

संक्रमण २४.९७ प्रतिशत  

नेपालमा कोरोना संक्रमण गत २४ घन्टामा २४.९ प्रतिशत छ। सोमबारको संक्रमणदर आइतबारको जत्तिकै संख्यामा देखिन्छ। गत २४ घन्टमा परिक्षण भएका १७ हजार ९ सय ३ वटा नमुनामध्येमा ४ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ६ लाख ६ हजार १ सय ५५ जना पुगेका छन्।  

गत २४ घन्टामा नेपालमा थप ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ९ सय ९० जना पुगेका छन्। ती मध्येमा दोस्रो लहरदेखि यता मात्र ४ हजार ५ सय ८७ जनाको मृत्यु भएको हो। गत २४ घन्टामा ६ हजार ९ सय ५१ जनाले कोरोना जितेका छन्।  

स्वास्थ्य सामग्री सहयोग  

बौद्धिष्टहरूको अन्तर्राष्ट्रिय संस्था चुजी फाउण्डेशनले नेपालमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्नको लागि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। फाउण्डेशनले अक्सिजनसहित विभिन्न १३ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको हो।

प्रकाशित: २५ जेष्ठ २०७८ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App