२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

विपदमा परिवार छाडेर भारततिर

सरकारले भूकम्पबाट भत्केका घर बनाउन राहतस्वरूप रकम दिने घोषणा गरे पनि त्यसले अपुग हुने भएकाले खर्च जुटाउन कामका लागि भारत पस्नुपर्ने बाध्यता आइलागेको पीडित बताउँछन्।

भूकम्पले निम्ताउने मनोसामाजिक समस्या

जाजरकोट र रुकुमको भूकम्पले ठूलो जनधन क्षति गर्‍यो। सँगै जनमानसमा भय र त्रास पनि छाडेर गयो। यस्ता समस्यामा परेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेकोे पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) हो।

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम

सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ।

जाजरकोट भूकम्पमा विज्ञको प्रतिवेदन :‘दुई पालिका नै स्थानान्तरण गर्नुपर्ने’

सरकारद्वारा खटाइएको इन्जिनियरको टोलीले जाजरकोट र रुकुम पश्चिमका दुई पालिका जोखिमपूर्ण रहेको भन्दै त्यस क्षेत्रको बस्ती अन्य सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएको छ।

सरकारले भूकम्पपीडितका ८० हजार आवास बनाउन सघाउने

जाजरकोट र बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घरमा क्षति भएका परिवारलाई अस्थायी आवास बनाउन रकम उपलब्ध गराउने भएको छ।

जाजरकोट र पश्चिम रुकुमका घर जोखिमपूर्ण

सरकारले खटाएको इन्जिनियरहरूको टोलीले जाजरकोट र पश्चिम रुकुमका दुई पालिका जोखिमपूर्ण रहेको भन्दै त्यस क्षेत्रको बस्ती अन्य सुरक्षित ठाउँमा हस्तान्तरण गर्न सुझाव दिएको छ।

जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन्।

जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति

जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ।

समस्याका चाङ माथि कर्णाली

गएको साता जाजरकोटमा गएको भूकम्प पछिको दृश्यले केही दिन सबैको ध्यान ताने जस्तो गरेपनि बिस्तारै त्यहाँका पीडामा मलम लाग्न छोडेको छ।

जाजरकोट भूकम्पमा ४८ घाइते घर फर्किए

जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन्।

जाजरकोट भूकम्प :गर्भवती,सुत्केरी र बालबालिका प्रभावित

जाजरकोट भूकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन्।यो प्रदेशको कूल जनसङ्ख्याको २२ प्रतिशत हो।

भूकम्पले दिएको पीडामा मलहम लगाउँदै 'सामुदायिक शान्ति भान्सा'

भूकम्पले घरसँगै मन पनि भत्किए पछि जाजरकोट र रुकुम पश्चिमका बस्तीहरुमा अकल्पनीय पीडा भोग्न बाध्य छन् त्यहाँका नागरिक।

बिरामी पर्न थाले रामीडाँडाका स्थानीय

जाजरकोटको बारेकाट गाउँपालिका–१ रामीडाँडाका स्थानीय बिरामी पर्न थालेका छन्।

जाजरकोट भूकम्प: ‘राहतमै पक्षपात’

भूकम्पबाट घर भत्केपछि देवी पुन आफ्ना ‘लालाबाला’सहित नजिकै सहिद पार्कको खुला चौरमा गएर आश्रय लिएकी छन्। गाउँका केही टाठाबाठाले त्रिपाल ल्याएर गुजारा चलाइरहेका छन्। तर उनको हातमा भने अहिलेसम्म शीत ओत्न त्रिपाल पुगेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्