१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

जाजरकोट र रूकुम (पश्चिम) भूकम्प :जस लिने होड, प्रतिवेदन बुझाउन तछाड मछाड

कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रूकुम (पश्चिम) ठूलो मात्रमा जनधनको क्षति पुगेको छ। भूकम्प प्रभावित क्षेत्रका जनता उद्धार र उपचारपछि अहिले राहतको पर्खाइमा छन्। आफन्त मात्र होइन बास पनि गुमागएक जनताहरू एक साता देखि कष्टकर जीवन विताउँदै आएका छन्।

परिवारै गुमाएका ६ बालबालिका, कोही नभएपछि वडाध्यक्ष र आफन्तको संरक्षणमा

कार्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ६ जना बालबालिका अभिभावकविहीन भएका छन्।

महिला र बालबालिकालाई जोगिनै गाह्रो

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा पनि यिनै बढी छन्।

जाजरकोट भूकम्प:पुनर्निर्माणमा ६८ अर्ब लाग्ने

जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर एक सय ५३ जनाको ज्यान जानेगरी गएको भूकम्पबाट करिब ६८ अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ।

भूकम्प पीडितलाई प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने

प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब दिने भएका छन्।

भूकम्प प्रभावित उद्यमीलाई महासंघ अध्यक्ष ज्ञवालीको सहयोग

भूकम्प प्रभावित जिल्ला जाजरकोटका महिला उद्यमीहरुलाई महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले सहयोग गरेकी छन्।

हलचौरका ५६ घरधुरीले अझै पाएनन् राहत, भन्छन्: सहरमा आउँछ, गाउँमा आउँदैन्

राहत बाँड्न आएको टोली पनि राहत नदिएर फर्किएको आरोप पीडितहरुको छ। ‘एउटा संस्थाले राहत लिएर आएको थियो’, अर्का भूकम्प पीडित गोपाल खत्रीले भने, हामीलाई नदिएरै फर्कियो। खाली हात घर आयौँ।’

सुत्केरी र बालबालिकाको बिजोग

खुला आकाशमुनि आइपुगेकी उनले आराम गर्न, राम्रोसँग पेट भर्न पाएकी छैनन्। आराम गर्ने र पोसिलो खाने समयमा भूकम्पले घरबाट सडकमा पुर्‍यायो।

इन्जिनियर टोली जाजरकोटमा

सहरी विकास मन्त्रालयले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमको भौगोलिक अवस्था र पुनर्निमाणका विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियरको एउटा टोलीलाई त्यसतर्फ पठाएको छ।

जाजरकोट भूकम्पः बहिनीको शोक सम्झेर झस्किन्छिन् जुनी

भूकम्पमा परेर अर्को जीवन पाएकी १७ वर्षीया जुनी बहिनीलाई बचाउन नसकेकामा आत्मग्लानि भइरहेको छ।

दुईवटा चिनियाँ जहाजमार्फत राहत सामाग्री पोखरा ल्याइयो

जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री पोखरा ल्याइएको छ। चिनका दुइवटा कार्गाे जहाजबाट ती सामान बुधबार बिहान पोखरा ल्याइएको हो।

भूकम्पपीडितका लागि प्राधिकरणद्वारा एक करोड रूपैयाँ प्रदान

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोड रुपैयाँको चेक आज हस्तान्तरण गरेको छ।

जाजरकोटमा आज बिहानसम्म ४६६ परकम्प

शुक्रवार राती जाजरकोटको रामीडाँडाँ केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्यूड भूकम्पको अहिलेसम्मका परकम्पको सङ्ख्या ४ सय ६६ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्