२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जाजरकोटमा आज बिहानसम्म ४६६ परकम्प

शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्यूट भूकम्पको अहिलेसम्मका परकम्पको सङ्ख्या ४ सय ६६ पुगेको छ।

सामान्यतया कुनैपनि ठूलो वा सानो भुकम्प गएपछि त्यही केन्द्रविन्दु आसपासमा नियमित आउने झट्काहरुलाई परकम्प भन्ने गरिन्छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार बिहान १०ः३० बजेसम्म ४६६ परकम्प गएका हुन। 

गत सोमबार मात्र रामीडाँडाँ वरपर ५.८ र ४.५ म्याग्निच्यूडका ठुला परकम्प गएका थिए। यी परकम्पले त्यस क्षेत्रका चर्किएका घरहरू भत्काएको थियो भने २५ जना फेरी घाइते भएका थिए। सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर ५.८ म्याग्निच्युडको सबैभन्दा ठुलो परकम्प गएको थियो। त्यस लगत्तै ४ बजेर ४१  मिनेटमा ४.५  म्याग्निच्युडको अर्को परकम्प गएको थियो।

शुक्रवार राति ११ः ४७, १२: ०८, १२: २९, १२:३५ बजे गरी ४ पटक क्रमश:६.४, ४.५, ४.२, ४.३  म्याग्निच्युडको भूकम्प गएको थियो।  भूकम्पबाट जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। त्यस्तै भूकम्पबाट जाजरकोटमा मात्रै १३१ जना घाइते भएका छन् भने रुकुमपश्चिममा मात्रै १८९ जना घाइते भएका छन्।

प्रकाशित: २२ कार्तिक २०८० ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App